सरकारले जेठ १ देखि आवातजावतलाई थप कडाइ गर्ने भएको छ। गृह मन्त्रालयले सम्बन्धित निकायलाई थप कडाइ गर्न निर्देशन दिएको छ। गएको तीन दिनमा लगातार संक्रमित संख्या बढ्दै गएपछि गृहले थप कडाइ गरेको हो। ‘जेठ १ देखि यसअघि दिएको पास खारेज गरिएको छ’, गृहमन्त्रालयका सहप्रवक्ता उमाकान्त अधिकारीले सेतोपाटीसँग भने,‘ एक जिल्लाबाट अर्को जिल्लामा जान अनुमति लिएको पास खारेज गरिएको हो।’
91 Views