७ माघ २०८०, आईतवार

ताजा खबर

लडडाउनको उलंघन गरी ल्याईएको ठुलो परिणाममा आलु र प्याज बरामद ।

   ३० बैशाख २०७७, मंगलवार २३:१३ प्रकाशित

जिल्ला प्रशासन कार्यालय बर्दिया को मिति २०७७ बैषाख २६ गते बसेको बैठकको आदेशानुसार बाँके जिल्लाबाट बर्दिया जिल्लामा हरियो तरकारी लगायत तरकारी जन्य बस्तु माथि प्रतिबन्ध लगाएता पनि आज ३३० बोरा आलु तथा ५० बोरा प्याज सहित ना४ख ८१९४ नंम्बरको ट्रक बर्दियाको बिभिन्न चेक पोस्टबाट हुदै राजापुर लैजाने क्रममा मधुबन नगरपालिकाको सानोश्री बजारमा स्थानिय जनप्रतिनिध तथा पत्रकारको टोलिले बरामद गरेको छ ।

हाल उक्त ट्रक स्थानिय प्रहरीको नियन्त्रणमा रहेको छ । उक्त आलु तथा प्याज राजापुरको स्थानिय व्यापारीक फर्म मुन्ना शेष तथा अलि शेषको रहेको बिल अनुसारको रहेको छ । बरामद समानको बारेमा राजापुरको व्यापारी संग कुरा गर्ने क्रममा सुरुमा बाँकेबाट ल्याएको भनेको तर पछि बुझ्दा उक्त आलु तथा प्याज ईन्डियाको नानपाराबाट आयात गरिएको र बाँके बाट बर्दिया पैठारी गर्नको लागि नेपालगंजको दानिस सप्लायर्स नामको फर्मबाट बिल बिजक जारी गराई लागिएको जानकारी नाम न बताउने शर्तमा राजापुर नगरपालिकाको एक बडाध्यक्षले बताएका छन । । बरामद समानको बारेमा मधुवनका जनप्रतिनिधि तथा स्थानिय संग बुझ्ने क्रममा बिना कुनै मिलोमतो प्रतिबन्ध गरिएको स्थानबाट कसरी यि तरकारीजन्य बस्तु चेकपोस्टबाट बिना रोकटोक यँहासम्म आयो भनि छक्क र त्रसित भएको बताएका छन् ।

95 Views
%d bloggers like this: