७ माघ २०८०, आईतवार

ताजा खबर

एउटै जिल्लाभित्रको पास पनि रद्द

   २ जेष्ठ २०७७, शुक्रबार ०७:०४ प्रकाशित

काठमाण्डाै – जिल्लाकै एउटा ठाउँबाट अर्को ठाउँमा जानसमेत नपाइने भएको छ ।
कोभिड–१९ को रोकथाम तथा नियन्त्रणका लागि गृह मन्त्रालयले बिहीबार एउटा जिल्लाभित्र सवारी सञ्चालन गर्न पाउने गरी जारी गरेको सवारी पास रद्द गर्ने निर्णय गरेको हो ।
कुनै पनि व्यक्तिलाई अत्यावश्यक कामका लागि बाहिर निस्कनुपरेमा नजिकैका प्रहरीलाई सम्पर्क गर्न सकिने गृह मन्त्रालयका सहप्रवक्ता उमाकान्त अधिकारीले बताउनुभयो ।
मन्त्रालयले बिहीबारबाट एउटा जिल्लाबाट अर्को जिल्लामा प्रवेश गर्न रोक लगाएको छ ।

103 Views
%d bloggers like this: