७ माघ २०८०, आईतवार

ताजा खबर

सूर्तीजन्य पदार्थमा कालोबजारी

   ५ जेष्ठ २०७७, सोमबार १३:४५ प्रकाशित

गुलरिया, कोभिड–१९ को रोकथामको लागी जारी गरिएको लकडाउनले पुरा राष्ट्र आतङ्गकीत बनेको अवस्थामा बर्दियामा सूर्तिजन्य पदार्थमा कालो बजारी बढेको छ । सूपर पावर, श्यामल लगाएतका सूर्ती भारत देखी चोरी छुपे बर्दियाको बजारमा आउने गरेकोमा हाल सिमाना सिल भएको अवस्थामा सो सुर्तिहरुलाई पहिले दर भन्दा ५ गुणा सम्म महगो गरि खरिद विक्री भएको छ । सुपर पावर १० मुल्य पर्ने लाई ५० र श्यामल ५ मुल्य लाई ३० सम्म महगो हालेर प्रयोग गर्दै आएको स्थानियको गुनासो छ । नेपालको उत्पादन चुरोट त्यसैगरी मेघाश्री लगाएतका सुर्तिजन्य पदार्थको उपलव्धताको कमीले स्थानिय बजारमा स्थानिय व्यारिले कालोबजारी गर्न सफल भएका हुन । यसरी बढ्दै गएको कालोबजारी बजारको स्थिरता खलबल हुनको साथै ग्राहकमा व्यापारि प्रति नकारात्मकता पैदा हुने अर्धशास्त्रीहरुको बुझाई छ ।

126 Views
%d bloggers like this: