७ माघ २०८०, आईतवार

ताजा खबर

भारतबाट आउने तरकारी र मासुजन्य पदार्थमा रोक

   १८ जेष्ठ २०७७, आईतवार १०:१५ प्रकाशित

बर्दियाको मधुवन नगरपालिकाले भारतबाट आउने तरकारी र मासुजन्य पदार्थहरुलाई रोक लगाएको छ । नगरकार्यपालिकाको बैठक बसी लगडाउनको समयमा मात्र नभएर अरु समयमा पनि तरकारी र मासु जन्य पदार्थलाई नगरपालिका क्षेत्रमा प्रतिबन्ध लगाएको हो । मधुवन नगर कार्यपालिकाको बैठकले अवैध रुपमा आयात हुने कुनैपनि सामानलाई मधुवन नगरपालिकामा रोक लगाउने निर्णय गरेको हो । नगरपालिका भित्र भारतबाट अवैध रुपमा आयात हुने तरकारी र मासुजन्य पदार्थले कृषकलाई नै असर गरेको कारण ति सामानहरुलाई रोक लगाईएको मधुवन नगरपालिकाका नगरप्रमुख गणेशबहादुर केसीले बताए । उनले नगरपालिका र जिल्लाका कृषकले उब्जाएको तरकारीले बजार नपाउने र भारतबाट अत्याधिक विषादी प्रयोग भएको तरकारी आयात हुने गरेको बताए । नगरपालिका भित्रका कृषकलाई तरकारी र मासुजन्य पदार्थ उत्पादनका लागि प्रोत्साहन गरीने बताएका छन् । तरकारी आयात बन्द भएपछि मधुवन लगाएत बर्दिया जिल्लाका कृषकहरु हर्षित भएका छन् । भारतबाट आउने विषाक्त र सस्तो तरकारी सँग प्रतिस्पर्धा गर्न गह्रो भएको कृषकहरुले बताएका छन् । कतिपयले भारतबाट अवैध रुपमा आउने सामानहरुमा रोक लगाएपछि मधुवन नगरपालिका भित्र मुल्य अप्रत्यासित रुपमा बढ्ने अनुमान लगाएका छन् । काला बजारी बढ्न सक्ने हुनाले मधुवन नगरपालिकाले बजार अनुगमनमा तिव्रता दिने भएको छ

144 Views
%d bloggers like this: