७ माघ २०८०, आईतवार

ताजा खबर

तस्करको नाम निशान रहदैनः बाँके प्रजिअ कुरुम्वाङ्ग

   १८ जेष्ठ २०७७, आईतवार १०:१३ प्रकाशित

बाँकेका प्रमुख जिल्ला अधिकारी राम बहादुर कुरुम्बाङले कालोबजारी र तस्करी विरुद्द कडाईका साथ प्रस्तुत हुने जनाउ दिएका छन् । पछिल्लो समय तस्करहरुले प्रशासन र सुरक्षा निकायलाई आफ्नो प्रभावमा पारेर अवैध गतिविधी गरिरहेको बेला केही दिनअघि बाँकेको सिडिओको जिम्मेवारी सम्हालेका उनले यस्तो चेतावनी दिएका हुन् । सिडिओ कुरुम्बाङले शुक्रबार कोहलपुर र राप्तीसोनारीका बजार र क्वारेन्टिनहरुको स्थलगत अनुगमनको क्रममा सो कुरा बताएका थिए । कोहलपुरमा भएको एक कार्यक्रममा बोल्दै उनले तस्करीलाई निस्तेज पार्ने बताए । ‘बाँकेमा तस्कर कालोबजारी लगायतका अवैध धन्दाहरु बन्द हुन्छन्’ उनले भने, ‘त्यसो गर्दा की तस्कर रहदैन कि म रहदैन दुवै एकै साथ रहदैनन् । खासगरी अहिले लकडाउनको मौका छोपेर स्थानीय प्रहरीको मिलोमतोमा तस्करहरुको समुहले राप्तीसानोरीका खोला नाला कब्जा गरेका छन् । सबै किसिमका तस्करी निर्मुल पार्ने बताउँदै उनले खाद्य मिसावट, कालोबजारी, गाइगोरु तस्कर, कुखुरा तथा माछा लगायतका अवैध कार्य पूर्ण रुपमा रोक्ने प्रतिबद्धता जनाए ।

102 Views
%d bloggers like this: