१२ माघ २०८०, शुक्रबार

ताजा खबर

राष्ट्रिय बाणिज्य बैंकका शाखा प्रबन्धक शाही पक्राउ

   १२ असार २०७७, शुक्रबार १३:३० प्रकाशित


नेपालगञ्जका सुनचाँदी ब्यबसायी रिजवान अहमद जसगढले जग्गाको लालपूर्जा, नक्सा, कर तिरेको रसिद सहितका कागजपत्रहरु नक्कली बनाएर राष्ट्रिय बाणिज्य बैकको, नेपालगञ्जको त्रिभुवन चोक शाखाबाट एक करोड २५ लाख रुपैया ऋण लिएको घटनामा बैंकका शाखा प्रवन्धक शाही पक्राउ परेका छन।
प्रहरीले किर्ते कागजातको अनुसन्धान गर्ने क्रममा र्बैंकका प्रवन्धक शाहीलाई पक्राउ गरेको हो । बैंकका अरु कर्मचारीसँग पनि बयान लिने काम भइरहेको छ । सरकारी छाप किर्तेको अनुसन्धान सकिएपछि प्रहरीले बैंकिङ कसुरको अनुसन्धान गर्ने जनाएको छ ।
२५ लाख भन्दा बढीको ऋण स्वीकति गर्दा केन्द्रको अनुमति चाहिने बुझिएको छ । यस्तोमा नक्कली कागजपत्र राखेर, सरकारी छाप किर्तेलाई स्वीकृति गरेर १ करोड २५ लाख रुपैया कसरी प्रवाह भयो भन्ने बिषयमा अनुसन्धान भइरहेको छ जिल्ला प्रहरी कार्यालय बाकेले जनाएको छ।

90 Views
%d bloggers like this: