महिला क्वारेन्टाइनमा रहेका महिला र बालबालिकाहरुलाई कोरोना भाइरसबाट जोगिन स्वास्थ्य समाग्री हस्तान्तरण गरिएको छ । माइती नेपाल बर्दिया द्धारा गुलरीया नगरपालिका स्थित कोटही माविमा स्थापना गरिएको महिला क्वारेन्टाइनमा रहेका महिला र बालबालिकाहरुलाई महामारी बाट जोगीन विभिन्न स्वास्थ्य समाग्री हस्तान्तरण गरिएको माइती नेपाल बर्दियाकी कार्यक्रम संयोजक गायत्री रिमालले जानकारी दिनु भयो । महिला क्वारेन्टीनमा बस्नेहरुका लागी सेनिटाइजर, माक्स, सेम्फु, साबुन, पेन्टी, प्याड र चप्पल र बालबालिकाहरुकालाई बिस्कुट लगाएतका सामानहरु वितरण गरिएको रिमालले जानकारी दिनु भयो ।
गुलरीया नगरपालिकाकी उपप्रमुख शुशीला गिरी मार्फत महिला र बालबालिकाहरुलाई उक्त स्वास्थ्य समाग्री हस्तान्तरण गरिएको हो। माइती नेपाल बर्दियाकी संयोजक गायत्री रिमालले महिला बालबालिका माथि हुने सबै प्रकारका हिंसाका बिरुद्धमा माइती नेपाल क्रियाशिल रहि आबश्यकता अनुसार सक्दो सहयोग गर्दै आएको र आउँदा दिनमा पनि गर्ने प्रतिबद्धता जनाए । गुलरिया नगरपालिकाकी उपप्रमुख शुशिला गीरीले कोटही माविको महिला क्वारेन्टीनमा रहेका महिला बालबालिकालाई सहयोग गरेकोमा माइती नेपाल बर्दियालाई धन्यबाद दिनु भएको छ ।
महिला क्वारेन्टाइनमा रहेका महिला र बालबालिकालाई माइती नेपालद्धारा कोरोना भाइरसबाट जोगिन स्वास्थ्य समाग्री हस्तान्तरण
82 Views