बर्दियाको मधुवन नगरपालीका ९ स्थीत धर्मबस्तीमा सशस्त्र प्रहरी बलको बिओपी निर्माण हुने भएको छ । त्रिपालका भरमा सीमामा सुरक्षा दिँदै आएका सुरक्षाकर्मीका लागी सहज बनाउन पक्की भवन निर्माण हुने भएको हो । सीमामा सुरक्षामा खटिएका शसस्त्र प्रहरी सुरक्षाकर्मीका लागि मधुवन नगरपालीकाले सुरक्षा पोष्ट बिओपी निर्माण गर्ने भएको छ । सोमबार संघीय सांसद विमला बिक , प्रदेश सांसद कुल प्रस्द पोख्रेल , नगर प्रमुख गणेश बहादुर क्षेत्री , बर्दियाका प्रमुख जिल्ला अधिकारी लिलाधर अधिकारी र सशस्त्र प्रहरी उपरीक्षक नर बहादुर रावतले संयुक्त रूपमा शिलान्यास गर्नु भएको छ । मधुवन नगरपालीका कार्यपालिकाको कार्यालय र वडा नम्बर ९ को कार्यालयको सहयोगमा उक्त भवन निर्माण हुन लागेको हो ।
सशस्त्र प्रहरी बल नेपाल ३१ नम्बर गण हेडक्वाटर बर्दियाका अनुसार बर्दियामा २५ ओटा बिओपी स्थापना हुने मध्ये ५ ओटा बिओपी निर्माण भईसकेको सशस्त्र प्रहरी बल नेपाल ३१ नम्बर गण हेडक्वाटर बर्दियाका सशस्त्र प्रहरी उपरीक्षक नर बहादुर रावतले जानकारी दिनभयो । बिओपी स्थापना हुने भएसंगै अब त्रिपाल मुनी बसेर कस्टकर रुपमा सीमा सुरक्षामा लागी परेका सशस्त्र प्रहरीका लागी भने त्रिपाल मुनि बसेर सुरक्षा गर्नुपर्ने सामस्या समाधान हुने अपेक्षा गरिएको छ । नगर प्रमुख गणेश बहादुर क्षेत्रीले खाली आकाश मुनी र एउटा त्रिपालको भरमा बसेर २४ सै घण्टा सिमा सुरक्षामा खटिएका सशस्त्र प्रहरीलाई सुरक्षा सतर्कता अपनाउन सहजहुने बताउनु भयो । सीमामा भइराखेका अबैध क्रियाकलाप रोक्नका लागी उक्त बिओपीले अहम भुमिका निर्बाह गर्ने बिश्वास लिएको बताउनुभयो ।
सिमामा सशस्त्र प्रहरीको बिओपी निर्माण गरिने
84 Views