५ माघ २०८०, शुक्रबार

ताजा खबर

बेपत्ता तथा मृतक परिवारका सदस्यलाई सरकारले नहेरेको आरोप

   ६ आश्विन २०७७, मंगलवार ११:०८ प्रकाशित

बर्दियामा पनि सोमबार विश्व शान्ति दिवस मनाइएको छ । प्रत्येक वर्ष विश्व शान्ति दिवस २१ सेप्टेम्बरका दिन संसार भर यो दिवस मनाइन्छ । संयुक्त राष्ट्रको साधारण सभाले अहिंसा र युद्धविराम अवलोकन गरि शन्तिको आदर्शलाई बलियो बनाउन समर्पित दिनको रुपमा विश्व शान्ति दिवसलाई घोषणा गरेको हो । बर्दियामा मनाइएको शान्ति दिवसको कार्यक्रमका सहभागीले आफनो पिडा पोखेका छन । शान्ति दिवस वर्षै देखी मनाइदै आएको भएपनि बास्तविक नागरिकहरुमा शान्ति नआएको उनिहरुले बताएका छन । गुलरियामा विश्व शान्ति दिवसको अवसरमा समावेशी संक्रमणकालिन न्याय, मेलमिलाप तथा द्धन्द समाधानका लागी जिल्ला संजाल,बर्दियाले गुलरियाका विभिन्न निकायका व्यक्तिहरुको उपस्थितीमा कार्यक्रम गरेको छ । राज्यमा परिवर्तनका निम्ती ज्यान गुमाएका बेपत्ता तथा द्धन्द्ध प्रभावित परिवारका सदस्यले आफुहरुलाई शान्तिको महसुस नभएको गुनासो गरेका हुन ।
देशमा परिवर्तनका लागी ज्यान गुमाएका परिवारलाई राज्यले कुनै पनि किसीमका परिपुरणका कार्यक्रम ल्याउन नसकेको गुलरिया नगरपालिका वडा नम्बर १२ की मृतक श्रीमानकी श्रीमति अशारानी थारुले बताइन् । विभिन्न संघसंस्थाहरुले शान्ति दिवस मात्रै मनाउने गरेका र कुनैपनि सरकारले शस्त्र द्धन्द्धबाट प्रभावित बनेका छोराछोरीलाई पनि शिक्षा, स्वास्थ्य, रोजगारी लगायतका अवश्यक सेवा सुविधापनि नदिएको गुनासो गरेका छन । अरु जस्तै हाम्रा परिवारका सदस्यलाई पनि राज्यले व्यवस्था गर्नुपर्ने गुलरिया नगरपालिका वडा नम्बर १२ की बेपत्ता श्रीमानकी श्रीमति बेलरानी थारुले माग गरिन् । स्थानिय सरकार आएको पनि ३ वर्ष वितिसकेको अवस्थामा स्थानिय सरकार समक्ष विभिन्न माग लिइ जाँदा समेत कुनै किसिमको सुनुवाई नभएका द्धन्द्ध प्रभावित गोविन्द चौधरीले बताए ।

82 Views
%d bloggers like this: