५ माघ २०८०, शुक्रबार

ताजा खबर

बबई बहुमूखी क्याम्पस प्रमुख अग्रवालको निधन

   १० आश्विन २०७७, शनिबार २२:०८ प्रकाशित

बबई बहुमूखी क्याम्पस गुलरियाका क्याम्पस प्रमुखको निधन भएको छ ।

बबई बहुमुखी क्याम्पसका प्रमुखको ५२ वर्षको उमेरमा निधन भएको हो । क्याम्पस प्रमुख अग्रवाल दुई वर्षदेखि क्यान्सर पीडित थिए । क्याम्पस प्रमुख अग्रवाललाई फोक्सोमा क्यान्सर भएको पारिवारिक स्रोतले जनाएको छ।

क्याम्पस प्रमुख अग्रवाल दिल्ली स्थित मेदान्त अस्पतालमा नियमित उपचार गराईरहेका थिए । उपचारको क्रममा अग्रवाललाई चिकित्सकले दिल्लीमा किमो दिएको पारिवारिक स्रोतले जनाएको छ। भने करिब ६ दिन अगाडि मात्र दिल्लीबाट उपचार गराएर फर्केका उनलाई स्वाव परीक्षण गर्दा कोरोना पुष्टि भएको थियो ।

सामान्य अबस्थामा रहेका शनिबार एक्कासी बिहान सास फेर्न गाह्रो भएपछि छिमेकीको सहयोगमा आफै एम्बुलेन्स चढेर उपचारको लागि नेपालगन्ज गएका थिए । उपचारका लागि नेपालगन्ज गएका क्याम्पस प्रमुख अग्रवालको केही बेरमा नै मृत्यु भएको बाकेका प्रमुख जिल्ला अधिकारी राम बहादुर कुरुम्वाङ्गले बर्दिया न्युजलाई जानकारी दिएका हुन् ।

130 Views
%d bloggers like this: