बर्दियामा थप ३ जनामा कोरोना संक्रमण पुष्टि भएकोे भेरी अस्पताल स्रोतले जनाएको छ । जिल्ला प्रहरी कार्यालय गुलरियामा कार्यरत ३ जना रहेको अस्पताल स्रोतले जनाएको हो । बुधबार बर्दियामा ३ जना थपिए संगै जिल्लामा कुल कोरोना संक्रमितको संख्या ६ सय ७७ पुगेको छ । हालसम्म बर्दियामा ११ हजार ६ सय ३ जनाको पिसिआर विधि मार्फत परिक्षण गरिएको छ । जसमा १ सय ६ जनाको रिपार्ट आउन बाँकी छ । जिल्ला स्वास्थ्य कार्यालय बर्दियाका अनुसार जम्मा संक्रमित मध्ये ४ सय ८५ जना निको भएर घर फर्किसकेका छन् । १ सय ६० जनाको आइसोलेशनमा उपचार भइरहेको छ भने बर्दियामा हालसम्म ५ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।
89 Views