एकिकृत कृषि तथा पशुपन्छी बिकास कार्यालय बर्दियाको चालु आर्थिक वर्ष २०७७। ०७८ को १५ करोड ४७ लाख ५९ हजार बराबरको कार्यक्रम बुधबार सार्बजनीक गरिएको छ । भुमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालय प्रदेश नं. ५ की मन्त्री आरति पौडेलको प्रमुख आतिथ्यतामा कार्यक्रम सार्वजनीक गरिएको हो । गुलरियामा भएको कार्यक्रममा, कृषी क्षेत्रमा विभिन्न कार्यक्रमहरुका निम्ती बजेट छुट्याइएको बताइएको छ । कृषकलाई आकर्षण गर्दै जिवनस्तर उकास्क सहयोग पु¥याउने विविध कार्यक्रमहरुको प्रस्तुतिकरण एकिकृत कृषि तथा पशुपन्छी बिकास कार्यालय बर्दियाका प्रमुख बिनोद घिमीरेले गर्नु भएको थियो । सरकारले कृषि क्षेत्रमा युवाहरुलाई आर्कषण गर्दै व्यवसायीक कृषि पेशामा संलग्न गर्ने जनाएको छ ।
व्यवसायिक रुपमा कृषी गर्ने किसानलाई पहिलो प्राथमिकतामा राखिएकोे छ । सोही अनुसार एकिकृत कृषि तथा पशुपन्छी बिकास कार्यालय बर्दियाले चालु आथिक वर्ष २०७७।०७८ मा विभिन्न ८ ओटा शिर्षकमा गरि १५ करोड ४७ लाख ५९ हजार बराबरको बजेट तथा कार्यक्रम पाएको छ । कार्यक्रममा मन्त्रि आरती पौडेलले बर्दिया जिल्ला अन्नबालीको उर्वर भुमि रहेको बताउनु भएको छ । यस क्षेत्रमा बास्तविक किसानलाई कृषीमा सहज पहुँच पु¥याइएने प्रतिबद्धता समेत मन्त्री पौडेलले गर्नु भएको छ ।
उक्त कार्यक्रम कोभिड १९ संक्रमणका कारणले सवै किसानहरुलाई भेला गराउन नसकेको भन्दै किसान तथा सरोकारवाला निकाय सम्म कार्यक्रम बारे जानकारी पुगोस भन्ने उदेश्यले रेडियो बबई एफएम गुलरिया, गुर्वावा एफ एम बासगढी, र साथी एफ एम राजापुर बाट कार्यक्रमको प्रत्यक्ष प्रशारण गरिएको थियो । एकिकृत कृषि तथा पशुपन्छी बिकास कार्यालय बर्दियाको आयोजनामा सो कार्यक्रम भएको थियो ।
एकिकृत कृषि तथा पशुपन्छी बिकास कार्यालय बर्दियाको कार्यक्रम सार्वजनिकरण
94 Views