बर्दियाको मधुवन नगरपालीकामा थप १० बेडको आइसोलेसन कक्ष निमार्ण हुने भएको छ । यसबारेमा जानकारी दिदै मधुवन नगरपालीकाका नगर प्रमुख गणेश बहादुर क्षेत्री कृष्णले मधुवनको वडा नम्बर ६ मा रहेको शहिद प्रतिष्ठान हल बाट चाँडै नै १५ बेडको आईसोलेसन सहित अब सबै सेवा कक्ष सुचारु हुने बताउनुभयो ।
अहिले मधुवनमा डाक्टर र नर्स सहितको साथसाथै अक्सिजनको ब्यवस्था सहितको ५ बेडको आईसोलेसन तयारीपुर्ण अबस्थामा रहेको छ । आउँदो आईतबार सम्ममा १० बेड थप गरी १५ बेडको आईसोलेसन कक्ष निर्माण गरीने तयारी गरीएको मधुवन स्वास्थ्य शाखा प्रमुख मणी आचार्यले बताउनुभयो ।
यसैबिच नगर प्रमुख क्षेत्रीले कोरोना संक्रमणको दर दिनहु उल्लेखिय रुपमा बढदै गएको हुनाले नगरबासीहरुमा स्वास्थ्य सुरक्षाका मापडण्ड पालना गर्न आग्रह गर्नुभएको छ । उहाँले अनावश्क रुपमा घरबाहिर ननिस्कन तथा अतिआवश्यक काममा निस्कनै परेमा मास्कको अविार्य रुपमा प्रयोग गर्न आग्र गर्नुभएको छ । यसैबिच मधुवनको सानोश्री स्वास्थ्य चौकिमा एन्जिेन परीक्षण गरीएका १३ जना मध्य १० जनामा लक्षण सहितको कोरोना पोजेटिभ देखीएको छ । १० जना सबै मधुवन नगर भित्रका रहेका छन ।
त्यस्तै बर्दियामा कोरोना संक्रमितको संख्या १ हजार ८ सय नाघेको छ । आज पनि बर्दियामा २१ जना पुरुष र १७ जना महिला गरी ३८ जना कोरोनाका नयाँ संक्रमित थपिएका छन । आज थपिएका ३८ जना संगै जिल्लामा कुल संक्रमितको संख्या १ हजार २ सय २८ जना पुरुष र ५ सय ८४ जना महिला गरी १ हजार ८ सय १२ पुगेको जिल्ला प्रशासन कार्यलय बर्दियाले जनाएको छ । बर्दियामा हालसम्म १४ हजार ७ सय ९८ जनाको पिसिआर विधि मार्फत कोरोना परिक्षण गरिएको छ ।
जिल्ला प्रशासन कार्यलय बर्दियाले दिएको जानकारी अनुसार कोरोना संक्रमणकै कारण जिल्लामा २३ जनाको मृत्यु भइसकेको छ । संक्रमित मध्ये १ हजार ५ सय ३७ जनाले कोरोनालाई जिती घर फर्किसकेका छन , भने २ सय १८ जना भने उपचाररत रहेका छन । बर्दियामा आजसम्म पहिलो चरणमा २५ हजार ७ सय ४३ जना र दोस्रो चरणमा आजसम्म ३ हजार ७ सय २१ जनाले कोरोना बिरुद्धको खोप लगाएका छन ।