दोस्रो चरणको कोभिड–१९ संक्रमण बढ्दै गएपछि जिल्ला प्रशासन कार्यालय बर्दियाले सूचना जारीगर्दै भिडभाड नगर्न उर्दी जारी गरेको छ । कोभिडको संक्रमणको जोखिम कमगर्न दैनिक उपभोग्य र कृषि उपज बाहेकका सवै हाटबजार, खेलकुद, मेलापर्व, भेला, आमसभालाई अर्को निर्णय नभए सम्मका लागि रोक लगाईएको छ ।
नेपाल सरकार मन्त्री परिषदको निर्णय पूर्ण लागुगर्दै सिमाबाट हुने आवत जावत निषेध गरिएको छ । पसलहरुबाट मालसामान वेचबिखन गर्दा अनिवार्य २ मिटरको भौतिकदुरी, अनिवार्य मास्क, सावुन पानीले हातधुने वा सेनिटाईज गर्नै ब्यवस्था मिलाउनु पर्नेछ । प्रमुख जिल्ला अधिकारीको अध्यक्षतामा वसेको वैठकको निर्णयले मापदण्ड पालना गरे नगरेको अनुगमनको जिम्मेवारी स्थानीयतह लगायत सुरक्षाकर्मीहरुलाई दिएको हो । अनुगमनका क्रममा पसलहरुले मापदण्ड पालना नगरेको पाईए ५ दिनका लागि पसल बन्द गर्ने समितिको निर्णय छ ।
लक्षण सहितको विरामीको संख्या बढेपछि जिल्ला विपद ब्यवस्थापन समिति बर्दियाको वैठकले अत्यावस्यक काम वाहेक घरवाहिर ननिस्कन आग्रह गरेको छ । कामका शिलशिलामा घरबाहिर निस्कन परे स्वास्थ्य मापदण्डको पूर्ण पालना गर्नुपर्नेछ । मानविय स्वास्थ्य कोरोना भाईरसका कारण जटिलतातर्फ गैरहेकोले जनस्वास्थ्यको मापदण्ड पूर्ण पालना गर्न समुदायलाई आग्रह गरिएको छ । सामाजिक संस्कार विवाह, व्रतवन्ध, मलामी लगायतका कार्यहरुमा २५ जना भन्दा वढी जम्मा हुन नपाईने वताईएको छ ।
कोभिड—१९ को लक्षण सहितका विरामीहरु बढ्न थालेपछि स्थानियतहका कोभिड अस्पतालहरुमा अक्सिजन सहितको शैयाहरु थपगर्न अनुरोध गरिएको छ । जिल्ला कोभिड—१९ संकट ब्यवस्थापन समितिले स्थानियतहहरुमा रहेका अस्पतालहरुमा उपचारका लागि अक्सिजन सहितका शैयाहरु बढाउन आग्रह गरेको प्रमुख जिल्ला अधिकारी सन्तबहादुर सुनारले बताए । स्थानिय कोभिड अस्पतालहरुमा अक्सिजन सहितको ५ शैया सहित कम्तिमा २० शैया तयारी अवस्थामा राख्न अनुरोध गरेका छौ । गत महिना कोभिड रोकथाम तथा नियन्त्रणका लागि गरेको निर्णय पूर्ण कार्यान्वयनमा ल्याउने गरी तयारी गरेका छौ ।
स्वास्थ्य सुरक्षा मापदण्डको पूर्ण पालनागर्दै स्वास्थ्य कार्यालय बर्दियाले तयार पारेको कोभिड—१९ संक्रमण जोखिम नियन्त्रण र रोकथाम सम्वन्धी सूचनामूलक सन्देशको सघन प्रचारप्रसारमा जोड दिएका छौं । स्वास्थ्य कार्यालय बर्दियाका प्रमुख गोकर्ण गिरीले भने । बर्दियामा पछिल्लो समय कोरोना भाईरस संक्रमितको संख्या दिनानुदिन बढ्दै गएकाले स्वास्थ्य मापदण्डको पूर्ण पालनागर्दै सजग र सतर्क रहन सूसुचित गरेका छौं । बर्दियामा चैत्र तेस्रो हप्तादेखि हालसम्म कोभिडका कारण ४ जनाले ज्यान गुमाएका छन् ।
लापरवाही गरे थप अवस्था जटिल हुनसक्ने तर्फ उनले सजग पारे । लक्षण सहितका विरामीहरुको संख्या बढीरहेको छ । जिल्लामा सामुदायिक क्वारेन्टीन र आईशोलेशन सेन्टर नहुँदा समस्या छ । लकडाउन पनि छैन । स्थिती भयावह हुने खतरा छ । त्यसैले सबैलाई सचेत रहन हाम्रो सुझाव छ ।