बर्दियाका तरुण नेता एवं नेपाल डिष्टिलरिज प्रा.लि.का रिजनल म्यानेजर विवेक राजभण्डारीले नेपाल पत्रकार महासंघ बाँके शाखालाई आर्थिक सहयोग गरेका छन् ।
नेपाल पत्रकार महासंघ बाँके शाखालाई एम्बुलेन्स खरिद गर्नका लागि उनले ५ हजार ५ सय ५५ रुपैयाँ सहयोग गरेका हुन् ।
पत्रकार महासंघ बाँकेको कार्यालयमा पुगी तरुण नेता राजभण्डारीले आईतबार पत्रकार महासंघ बाँके अध्यक्ष दामोदर भण्डारी र सचिव कमल डाँगीलाई सहयोग बापत रकमको चेक प्रदान गरे हुन।
कोरोना भाइरस संक्रमणकाबीच तरुण नेता भण्डारीले नियमित जसो सहयोग गर्दै आएका छन् । उनले यसअघिमात्रै जिल्ला प्रहरी कार्यालय बाँके, वडा प्रहरी कार्यालय नेपालगन्ज र नेपाल पत्रकार महासंघ बाँके शाखालाई माक्स र सेनिटाइजर प्रदान गरेका थिए ।
‘मैले ब्यक्तिगतरुपमा सक्दो सहयोग गरिरहेकोछु । यो सानो सहयोगले एम्बुलेन्स खरिदमा सहयोग पुग्ने सानो सहयोग गरेको बताउँदै यस्तो महामारीमा सबैले आफ्नो तर्फबाट सक्दो सहयोग गर्नु पर्ने बताए । देशमै पहिलो पटक पत्रकार महासंघ बाँकेले एम्बुलेन्स खरिद गरि सहुलियतमा सञ्चालन गर्ने खबरले उत्साहित भएर सहयोग गरेको हुँ, आगामी दिनमा पनि आफूले सक्दो सहयोग गर्ने प्रतिबद्धता ब्यक्त गरेका छन् ।
नेपालमै पहिलोपटक नेपाल पत्रकार महासंघ बाँकेले एम्बुलेन्स सेवा सञ्चालन गर्न लागेको हो । नेपालकै पहिलो पत्रकार महासंघको शाखा नेपाल पत्रकार महासंघ बाँके शाखाले यस्तो सेवा प्रदान गर्न लागेपछि यतिबेला चौतर्फी चासो र सहयोग जुट्न थालेको महासंघ बाँकेका सचिव कमल डाँगी बताउँछन् ।
कोरोना भाइरस संक्रमण र यसको रोकथामका लागि कटिबद्ध भएर अघि बढेको बाँके महासंघ शाखाले कार्यसमितिको बैठकबाट यस्तो निर्णय गरेको हो ।
महासंघ बाँके शाखाको अध्यक्ष दामोदर भण्डारीले भने–‘कोरोना महामारीलाई मध्यनजर राख्दै नेपाल पत्रकार महासंघ बाँके शाखाद्वारा पत्रकार तथा आमनागरिकलाई सर्वशुलभ रुपमा सेवा प्रदान गर्न एम्बुलेन्स खरिद गर्न लागिएको हो ।’
महासंघ बाँकेका अध्यक्ष भण्डारीले असहाय नागरिकको सेवामा एम्बुलेन्स लगाउने बताए ।
तरुण नेता राजभण्डारीद्वारा पत्रकार महासंघ बाँकेलाई एम्बुलेन्स खरिद गर्न आर्थिक सहयोग प्रदान
105 Views