७ माघ २०८०, आईतवार

ताजा खबर

वन उपभोक्ता महासंघको आन्दोलन गर्ने चेतावनी

   १५ श्रावण २०७६, बुधबार १९:२५ प्रकाशित
पत्रकार सम्मेलन गर्दै वन उपभोक्ता महासंघका पदाधिकारी ।

विष्णु अधिकारी
गुलरिया, बर्दिया । सामुदायिक वन उपभोक्ता समूहमा लगाइएका तथा लगाउन प्रस्ताव गरिएका तेहेरो कर नहटाए आन्दोलन गर्ने वन उपभोक्ता महासंघले घोषणा गरेको छ । महासंघले पत्रकार सम्मेलन गर्दै आफूहरुको माग पूरा नगरिए आन्दोलनमा उत्रने चेतावनी दिएको हो ।
नेपालमा बनक्षेत्र विस्तार गर्न महासंघले खेलेको भूमिकालाई सरकारले मूल्याङ्कन गर्न नसकेको पत्रकार सम्मेलनमा बताईएको छ । बर्दियामा ३ सय ७ वटा वन उपभोक्ता समूहहरु रहेको बर्दिया फेकोफनका अध्यक्ष शर्मा चौधरीले बताए । जिल्लामा सामुदायिक बनको क्षेत्रफल २० हजार ३ सय ७ हेक्टर रहेकोले यहाँ बसोबास गर्ने ३ लाख उपभोक्ता लाभान्वित भएको हुँदा यस्ता करका कारण नागरिक प्रत्यक्ष मर्कामा पर्ने अध्यक्ष चौधरीको भनाई छ ।
सामुदायिक वनले आफ्नो आम्दानीको २५ प्रतिशत वन विकास, ३५ प्रतिशत गरिब तथा विपन्न वर्गको जिविकोपार्जन र ४० प्रतिशत सामाजिक विकासमा खर्च गर्दै आएको उनले बताए । सरकारले नयाँ प्रस्ताव गरिएका सम्पूर्ण करहरु हटाउनु पर्ने उनीहरुले जोडदार माग गरेका छन् ।

 

76 Views
%d bloggers like this: