बर्दियान्युुज । संस्थाका कर्मचारी, कार्य समिति लगायत साधारण सदस्यहरुलाई कार्ययोजना निर्माणको क्षमता अभिबृद्धि गर्न तालिम दिईएको छ । प्लान इन्टरनेशनल नेपालको सहयोग तथा राधाकृष्ण थारु जनसेवा केन्द्र गुलरिया बर्दियाको आयोजनामा ४ दिने सहभागीता मूलक संस्थागत क्षमता विश्लेषण तथा संस्थागत बिकास तालिम दिएको हो ।
मंगलवार देखि शुरु गरिएको तालिम शुक्रवार सकिएको राधाकृष्ण थारु जनसेवा केन्द्रले जनाएको छ । समावेशी शिक्षा प्रर्बद्धन परियोजना अन्र्तगत संचालित कार्यक्रम मार्फत सम्पन्न तालिमबाट संस्थामा आबद्ध कर्मचारी, सदस्य लगायत कार्यसमितिले ५ बर्षे रणनितिक कार्ययोजना बनाउन सक्षम हुने विस्वास लिईएको छ ।
80 Views