७ माघ २०८०, आईतवार

ताजा खबर

अपडेट समाचार यसरी सेटिङ मिलायर ल्याईदै थियो सामान , प्रहरी प्रशासन आफै नियम मिच्दै

   ३१ बैशाख २०७७, बुधबार ०८:२८ प्रकाशित

दीपक शर्मा
बर्दियामा प्रहरी प्रशासनको मिलेमतोमा बाहिरी जिल्लाबाट तरकारी लगायतका अन्य सामाग्री भित्रिने गरेको पाइएको छ ।
कोरोना भाईरस कोभिड १९ को महामारीका कारण देश लकडाउनमा रहेका बेला छिमेकी जिल्ला बा“केमा समेत कारोना भाईरस कोभिड १९ का संक्रमित पाइएपछि जिल्ला प्रशासन कार्यालय बर्दियामा प्रमुख जिला अधिकारी प्रेमलाल लामिछानेको अध्यक्षतामा बैशाख २६ गते वसेको बैठकले संक्रमणको जोखिमलाई मध्यनजर गरी बाँके जिल्लाबाट आउने तरकारी तथा फलफुल रोकावटलाई निरन्तरता दिइने निर्णय गरिएको छ । यसरी आफैले गरेको निर्णयमा लत्याउदै प्रहरी प्रशासनले बर्दियाका नागरिकमाथि खेलबाड गरेको पाइएको हो ।
साथै बर्दिया जिल्ला भित्र शान्ति सुरक्षा , स्वास्थ्य, खाद्यवस्तु , खानेपानि , दुध, विद्युत, दमकल क्वारेन्टाइन,फोहरमैला व्यवस्थापन , इन्धन, एम्वुलेन्स , औषधि तथा तरकारी पसल संचालनका लागी अनुमति दिने बताएको छ । साथै अन्य जिल्लाबाट तरकारी फलफुल अगायतका सामाग्री भित्रयाउदा सजगता अपनाउने निर्णय गरिएको छ । तर बर्दियामा प्रहरी प्रशासनको मिलेमतोमा त्यो पनि ४ देखि ५ जना मानिस सहित लाखौ रुपैयाको आलु र प्याज बोकेको ट्रक मधुवन क्षेत्रबाट प्रहरीले नियन्त्रणमा लिएको छ ।
ब“ाकेबाट राजापुरमा रहेका व्यापारी मुन्ना शेष र अलि शेषको नाममा ना ४ ख ८१९४ नम्वरको ट्रकबाट प्रतिकिलो ३० रुपैयाका दरले १६ हजार ५ सए किलो आलु ४ लाख ९५ हजार रुपैयाको र प्याज ४० रुपैया किलो दरले २ हजार २ सए ५० किलोको मुल्य ९० हजार रुपैया गरी जम्मा ५ लाख ८५ हजार रुपैया बराबरको सामान ४ जना मानिस तथा ट्रकमा रहको दुइवटा मोटरसाइकिल पनि मंगलवार बेलुकी करिब ८ वजेतिर मधुवन नगरपालिका क्षेत्रबाट प्रहरीले नियन्त्रणमा लिएको हो ।

अहिले बर्दियामा समेत कोरोना संक्रमित भेटिएपछि थप सजकता अपनाउनु पर्ने देखिन्छ । बर्दियाका नागरिकले लकडाउनको पुर्ण रुपमा पालना गरेका छन । बर्दिया घर भएका नागरिक बाँके तथा कैलाली जिल्लाबाट आउन चाहेमा सिधै क्वारेन्टाइनमा राखिने गरेको छ । तर यसरी कोरोनाको महामारीका कारण प्रशासनले गरेको नियम सवैका लागी हुन आवश्यक छ । तरकारी बर्दियामा कमि भएको होइन , तरकारी आएपनि ति मानिस जुन आएका छन उनिहरुको पनि स्वास्थ्य जा“च हुन जरुरी छ । अन्य नागरिकलाई जिल्ला छिर्दा क्वारेन्टाइनमा राखिने तर यसरी आउने मानिसलाई छुटदिने परिपाटि ठिक नभएको स्थानियको भनाई रहेको छ ।

यहि ट्रक हो आलु र प्याज बोकेर बर्दियाको राजापुर जादै गरेको
बाकेको नेपालगञ्जबाट आलु र प्याज सहित ४ जना मानिस बोकेको ट्रकलाई मैनापोखरबाटै घुमुवा प्रहरीले स्कटिङ गरेको प्रहरी स्रोतको भनाई रहेको छ । प्रहरीले नै स्कटिङ गरी खैरापुर सम्म पुरयाएको बताइएको छ ।
यता मधुवन नगरपालिकाका प्रमुख कृष्ण केसीले बर्दियामा तरकारीको अभाव नभएको बताउनु भयो । अहिले बर्दियाका किसान तरकारी विक्रि हुन नसकेको अवस्थामा थप तरकारी छिमेकी जिल्लाबाट ल्याउन आवश्यक नभएको उहाको भनार्ई रहेको छ । बर्दियामै प्रसस्त तरकारी अहिले रहेको छ । किसानहरुले घरघरमा गएर तरकारी बेचिरहेका छन ।
प्रमुख जिल्ला अधिकारी प्रेमलाल लामिछानेले यसरी ट्रकले तरकारी लियर आए अनुसन्धान गरिने गरिने बताउनु भयो । यस विषयमा प्रहरीलाई खवर गरिएको नियम सवैकालागी बराबर हुने हुदा कसरी आएको रहेछ अनुसन्धान हुने बताउनु भयो ।
स्रोतका अनुसार आलु प्याज भारतको नानपाराबाट ल्यायर नेपालगञ्ज तथा बर्दिया प्रठारी गर्नका लागी दानिस सप्लायर्सको नामको र्फमबाट विल विजक जारी गराई ल्याईएको बुझिएको छ ।

  विल
उक्त तरकारी बोकेको ट्रक पुर्व पश्चिम राजमार्ग अन्तर्गतको मानखोला बाट बर्दिया प्रवेश गरी वासगढि , मैनापोखर , सीतलावजार , गुलरिया हुदै मधुवन नगरपालिका सम्म पुगेको थियो । यी सवै स्थानमा प्रहरीको चेक पोष्ट भएपनि त्यो ट्रक मधुवन सम्म कसरी पुग्यो भन्ने विषयमा स्थानिय वासी छक्क परेका छन ।
प्रशासनमा २६ गते वसेको बैठकमा राजनितिक दल आठ वटै स्थानिय तहका प्रमुखहरु , प्रहरी उपरिक्षक लगायतको बैठकले बाके जिल्लाबाट आउने तरकारी तथा फलफूल आयातमा रोक लगाएको हुदा यसरी रातारात कसरी तरकारी भित्रियो भन्ने विषयमा प्रहरी प्रशासन मौन देखिएको छ ।
यता यस विषयमा जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी उपरिक्षक केदार रजौरेले आलु प्याजको माग भएका कारण भित्रिन दिइएको र अवस्था जटिल भएका कारण जुन ठाउबाट ल्याईएको हो त्यहि फिर्ता पठाईएको बताउनु भयो । अहिले ट्रक र आलु प्याजलाई नेपालगञ्ज फिर्ता पठाइएको छ ।

तर प्रशासनले आफैले गरेको निर्णय आफैले लागु नगर्दा बर्दियावासी अचम्ममा परेका छन ।

112 Views
%d bloggers like this: