कोरोना भाइरस (कोभिड-१९) ले एक महिलाको बिहीबार राति मृत्यु भएको छ। सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका–९ राम्चेकी २९ वर्षीय सुत्केरीको कोरोनाले मृत्यु भएको हो। ९ दिन अघि काठमाडौं टिचिङमा सुत्केरी भएर सिन्धुपाल्चोक बाह्रबिसे घर गएकाे थिइन ।
घर फर्किएपछि स्वासप्रश्वासमा समस्या आएकाले उनलाइ धुलिखेल अस्पतालमा उपचार भइरहेको थियो। स्वासप्रश्वासमा समस्या आएकाले उपचारको क्रममा उनको आरडीटी रिपोर्ट पोजिटिभ आएको थियो।
मृत्यु पछि पीसीआर बिधीबाट जाचँ गर्दा उक्त रिपाेर्ट पोजिटिभ आएको छ । नेपालमा पनि कोरोनाबाट मृत्यु हुनेको संख्या १ पुगेको छ भने संक्रमितको संख्या २ सय ७६ पुगेको छ।
66 Views