७ माघ २०८०, आईतवार

ताजा खबर

यसरी चुकी रहेको छ प्रहरी प्रशासन

   ३ जेष्ठ २०७७, शनिबार १७:०८ प्रकाशित

बिश्व नै कोरोनाको महामारीबाट बच्न संघर्ष गरिएको अवस्थामा हाल नेपालमा पनि मृत्यु हुन भर्खरै शुरुआत भएको छ। यस्तो अवस्थामा कोरोनाबाट बर्दिया जिल्ला पनि चोखो छैन ।अस्ति राजापुर बदालपुरमा ११ वर्षिय बालिकामा कोरोना संक्रमण भएको थियो भने हाल आएर फेरि एकपटक बर्दियालाई कोरोनाको कहरले छोएको छ। काठमाडौं बस्ने, घर बर्दिया लालपुर भएको राङ्गा ब्यापारी लकडाउन भन्दा पहिला काठमाडौंबाट बर्दिया आएको र बैशाख २८-२९ गते तिर ट्रकमा राङ्गाकाे मासु लिएर काठमाडौं फर्केको एक स्थानीयले जानकारी दिएका छन। उक्त ब्यक्तिमा काठमाडौंमा चेकजाँच गर्दा कोरोना पोजेटिभ देखिएको जानकारी प्राप्त भएपछि लालपुर गाउँलाई नै सिल गरिएको छ। लकडाउनको अवस्थामा पनि ती ब्यक्ति बैशाख २८-२९ गते तिर कस्को अनुमतिमा कसरी उनी काठमाडौं फर्के यस्को अनुसन्धान हुन जरुरी छ। एक स्थानीयको भनाइ अनुसार उनी ट्रकमा राङ्गाकाे मासु लोड गरेर गएको खुल्न आएको छ। सर्बसाधरणलाई हिड्डुल गर्न र सवारीका लागि अनुमती दिन नमान्ने प्रहरी, प्रशासन ४-५ दिन अघि मात्र काठमाडौं भित्रने ट्रकका लागि कुन चाहिँ निकायले अनुमती दियो? गम्भीर विषय र अनुसंधान गर्ने विषय बनेको छ। हिजो मात्र रातीको समयमा भारतीय गाडीमा कोयला भित्र्याउन सफल प्रहरी प्रशासनलाई संचारकर्मीले जानकारी गराउदा समेत वेवास्था गर्ने र सफल नेतृत्व देखाउन सर्बसाधरणलाई रोक लगाइ रातारात भारतबाट कोयला, तरकारी र सुर्तीजन्य बस्तु भित्रदासम्म मौन बस्ने प्रहरी प्रशासनको रवैयाले अहिलेको परिस्थितिमा भयभीत अवस्था रहेको जानकारहरु बताउँछन् ।

211 Views
%d bloggers like this: