७ माघ २०८०, आईतवार

ताजा खबर

बर्दियाबाट काठमाण्डौ सम्मको खसि यात्रा

   ७ जेष्ठ २०७७, बुधबार १३:४९ प्रकाशित

ज्योति कुमार पन्थी बर्दिया
गुलरिया जेठ ७ गते । गुलरिया नगरपालिका ११ का २८ बर्षिय युवक जो काठमाण्डौको कालिमाटीमा मासु ब्यापार गरेर बसेका थिए उनलाई कोरोना संक्रमण पुष्टि भएको छ तर पनि बर्दियाबाट मासु जन्य बस्तुहरु काठमाण्डौ जाने गरेको रहस्य खुलेको छ । बर्दिया जिल्लामा बिगत लामो समयदेखि खसि तस्करी हुने गरेको सुन्ने गरेको थिए तर देखेको थिएन यतिबेला कोरोना रोकथामको लागि नेपाल सरकारले लकडाउँन गरेको छ त्यसैले पनि सवैजना घरमा बसिरहेका छन बाहिर कतै आवत जावत देखिदैन । बिगत १५ दिन देखि भारतिय गाउँबाट खसि गुलरिया भित्रिएको एजना प्रत्यक्षदर्शिले हामिलाई बताएका थिए । उनले भने भारतबाट करिव १ सय खसी बर्दिया भित्रिएको छ । उनले दिएको सुचना पछि मैले उनलाई भने घरमा रहेको खसीको किन कुरा गर्ने कतै पठायो भने भन्नु त्यस पछि आईतबार, सोमबार लगातार गाडी खसी लिन गुलरिया बजारमा नै आउँन थाल्यो तर के कुरा मिलेन र उनिहरु रित्तै फर्किए । त्यसपछि मंगलबार राति ९ बजे मलाई ति ब्यक्तिको पुन फोन आयो । मैले नेपाल प्रहरीका फिल्डमा खटेका चार जना प्रहरीलाई समेत जानकारी गराए। जिल्ला प्रहरी कार्यालय बर्दियाका डिएसपि योगेन्द्र कुमार खडका को मोवाईल नं.९८५८०२७२९९ मा फोन गरे उनले पनि खासै मतलब गरे जस्तो जस्तो लागेन र मैले सिधै जिल्ला प्रहरी कार्यालय बर्दियाका एस पि केदार रजौरेको कार्यालय सम्पर्क नं. ९८५८०३५५५५ मा सम्पर्क गरे र भने एस पि साप गुलरियाबाट एक टक खसि काठमाण्डौ जादैछ कसरी भनि प्रश्न गर्दा जानकारी नभएको आफुले त्यसबारेमा बुझ्नै पर्ने प्रतिकृया दिनु भयो । यति गर्दा गर्दै घडिमा ११ बजिसकेको थियो सुचना दिने ब्यक्तिले प्रहरीको ४ जनाको टोलि नै खसी लोड गर्ने स्थानमा भएको जानकारी समेत गराएका थिए ।
हामिलाई फोन मार्फत बिगत १५ दिन देखि सुचना दिने ब्यक्ति हामीभन्दा पनि चिन्तित भएको सुनिन्थ्यो उनि भनि रहेका थिए दाई जसरी यसलाई पक्राउँ गर्नुपर्यो । अव रातिको समय त्यो पनि ११ बजे के गरौ गरौ भयो त्यस पछि मैले नेपाल प्रेस युनियन बर्दियाका अध्यक्ष बिनय राजभण्डारीलाई घटनाको बिवरण सुनाय उहाँले प्रहरीले नसमाते आफै जानु पर्ने भन्ने सल्लाह दिनु भयो । हामि राति ११ बजे गुलरियाबाट निस्कने मुड बन्यो र भादापुल नजिकै रहेको पशुहाट नजिकै बस्यौ । ट्रकमा खासी लोड भईसकेको र उनिहरु चार प्रहरी सहितको टोलिसँग गएको सुचना हामिलाई आईरहेको थियो ठिक ११ ः ३५ मा ट्रक हिडेको जानकारी पाएपछि हामीले सडकमा आएर हेर्दा २ वटा मोटरसाईकलमा हतियार सहितको प्रहरी थिए भने पछाडी पछाडि गाडी हामीले अगाडीको मोटर साईकललाई थाहा दिएनौ र पछाडीको गाडी रोक्न लगायौ । गाडीमा चालक र एक जना अर्का ब्यक्ति थिए हामीले सवै काजगपत्र हेरयौ सवै नक्कली थिए त्यसमा बढैयाताल गाउँपालिकाका अध्यक्ष लालबहादुर श्रेष्ठले दस्तखत पत्र थियो जुन पत्रमा प्रष्टसङ्ग लेखिएको थियो गाउँपालिकाको वडा नं. ८ को सितलाबजारबाट खसी लैजाने अनुमति दिईएको थियो । हामीले ट्रक रोकेर बुझ्दा बुझ्दै नेपाल प्रहरीको मोवाईल गाडी भने ५ मिनेट पछि आईपुग्यो र हामिले उनिहरुकै जिम्मा लगाएर राति १२ बजे घर फर्कियौ । खसी कहाँबाट आयो कसरी जादैछ भन्ने हाम्रो प्रश्नमा जिल्ला प्रहरी कार्यालयले उदासिनता देखाउनु बढैयाताल गाउँपालिकाको पत्र र बासगढी नगरपालिकाको छाप बिना कै पत्र र क्वारेन्टाईन गरेको पत्र समेत नभएको र एक ठाउँबाट लोड गर्ने अनुमति पत्र हुदाहुदै गुलरियाबाट लोड भएको गाडी र १ सय १ वटा खसी समेत सन्चारकर्मीले बुझाउँदा समेत प्रहरीले बुधबार बिहान सबै प्रमाण पुगेको भनेर छाडनु तस्कर र प्रहरीको मिलोमतो भएको सहजै अनुमानको बिषय बनेको छ ।

154 Views
%d bloggers like this: