७ माघ २०८०, आईतवार

ताजा खबर

सल्यानमा पहिलो पटक एकैदिन २५ जनामा कोरोना संक्रमण

   १८ जेष्ठ २०७७, आईतवार १०:०९ प्रकाशित

सल्यानमा पहिलो पटक एकैदिन २५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। प्रदेश अस्पताल सुर्खेतमा पिसिआर विधिवाट गरिएको स्वाब परीक्षणमा जिल्लाका २५ जनामा कोरोना संक्रमण भेटिएको हो। सल्यानमा कोरोना संक्रमण पुष्टि भएकाहरु बन्गाड कुपिन्डे नगरपालिकाका हुन्। नगरपालिकाको वडा नं. १ मा १९,२०,४० र ४७ बर्षीय पुरुष, वडा नं. २ मा १९ वर्षीय १ पुरुष, वडा नं. ३ मा १७,२७,२७ र ३८ वर्षीय पुरुष, वडा नं. ४ मा १८,३३ र ४४ वर्षीय पुरुष र वडा नं. ६ का ११,१६,१८,१९,२०,२१,२१,२१२५,२८,३० र ३६ वर्षीय र वडा नं. ७ मा ३८ वर्षीय १ पुरुषमा संक्रमण फेला परेको हो।

83 Views
%d bloggers like this: