आजको २१ औं युगलाई Covid-19 ले वैज्ञानिक विकासलाई उपहास गरेका छ । किनकि हाल विश्व नै यो रोगबाट ग्रसित भइराखेको तथ्याकं सर्वविधितै छ । जसरी हामीहरु वास्तविक प्रकृतिबाट टाढा हुँदै बरु घर, कार्यालय जस्ता स्थलमा कृत्रिम वस्तुलाई आधुनिक सभ्यताको चरम मान्यता दियौं सायद यो सत्यता नै हामी मानव जिवनका लागी श्राप भएको छ । जब जब हामी प्रकृतिबाट मित्रता तोड्छौं हामी मानव सिंगो जाती नै भयाभह हुँदछौं ।
आज पुरै विश्वलाई चुनैती दिने अमेरिका पनि घुडा टेकेको पाइन्छ । यदि हामीले मानव सभ्यताको क्रमलाई छिचोल्यौ भने सायद हामी हालको सभ्यतालाई एक तितो सत्यताको रुपमा पचाउनै पर्ने हुँदछ । यो Covid-19 ले अनगन्ति मानिसका सपना पहिचानलाई समेत टुक्रा,टुक्रा बनाई दिएको छ । आज मानिसहरु चाहेर होस् या नचाहेर होस परिवार एकै छानामुनि बस्नुपरेको छ । मानिसका जमातले खचाखच भरिने सडक आज सुनसार पाईन्छ । यदि हामीले संसारको तथ्याकंलाई नियाल्यौ भने संसारको कुल कार्बन उत्सर्जनको २३ प्रतिशत यातायातका साधनबाट उत्सर्जन हुने गर्दछ । निजी यातायातका साधन र हवाइजहाज, हेलिकप्टर जस्ता साधनबाट ७२ प्रतिशत कार्बन उत्सर्जन हुने गर्दछ । र कार्यालयीय कार्यहरु घरबाट भइरहेका भएका छन ।
बिकसित राष्ट्रको कुरा गर्दा अमेरिकाको न्युयोर्कमा प्रदुषण ५० प्रतिशतले कम भएको बिभिन्न तथ्याङ्कले देखाउछ । चिनमा पनि कार्बन उत्सर्जनमा २५ PCB ले कम भएको छ । बिभिन्न उद्योगहरुमा प्रयोग गरिने कच्चा पदार्थ, काठ, दाउराको प्रयोगमा ४० प्रतिशतले कमी आएको छ । जसले गर्दा बनजंगल प्रतिको चापमा पनि न्युन भएको छ । कोलम्बिया बिश्व बिद्यालयको प्रतिबेदन अनुसार एक हप्तामा ५.१० प्रतिशत कार्बन उत्सर्जन घटेको पाईन्छ । सायद यो सकारात्मक वातावरणीय परिवर्तन लकडाउन नभईदिएको भए यो सम्भव हुने थिएन होला । यसैले हामी सबै मानव जातीले प्रकृतिसंगको सम्बन्धलाई अझ नजिक गराउनु पर्दछ । वन्यजन्तुलाई माया गरौं रुख विरुवा र पानीको स्रोतलाई जगेर्ना जरौ ।
नेत्र कुमार परियार
लेखक नेत्र कुमार परियारकाे हाल गुलरिया ६ बर्दियामा बस्दछन र हाल कार्यरत विश्व वातावरण कोष WWF मा कार्यरत छन ।