समाजवादी पार्टीले सांसद सरिता गिरीलाई पार्टी र सांसद दुबै पदबाट हटाउने भएको छ । नक्सासम्बन्धी संविधान संशोधन प्रस्तावको विरुद्धमा उभिएकी गिरीलाई पार्टीको सदस्यता र सांसद पदबाट निलम्बित गर्ने भएको हो।
उहाँले पार्टीको निर्णय विपरीत संसदमा विधेयक प्रस्तुत गर्नुभएको थियो । उहाँलाई पार्टीले बारम्बार फिर्ता लिन र संविधानको अनुसूची संशोधनको पक्षमा मतदान गर्न आग्रह गरेता पनि अटेर गर्नु भएकोले पार्टीले कार्वाही गर्ने निर्णय गरेको समाजवादी पार्टीका एक नेताले बताएका छन् ।
105 Views