पीसीआर परीक्षणको दायरा देशव्यापीरुपमा बढाउनुपर्ने माग राख्दै सरकारलाई ध्यानाकर्ष गराएका छन । बर्दियाको गुलरियाका स्थानीय युवाले प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाएका छन् । जनताको चाँसोका विषयमा सरकार चुकेको भन्दै विभिन्न पाँच बुँदे माग युवाले राखेका छन् । पीसीआर परीक्षणसँगै क्वारेन्टाइनहरुको गुणस्तर सुधार गर्नुपर्ने, देशमा कोरोना नियन्त्रणमा खर्च गरिएको रकम प्रष्ट रुपमा सार्वजनिक गर्नुपर्ने युवाहरुको माग छ । यदि सरकारले युवाहरुको मागको वेवास्ता गरेमा कडाभन्दा कडा आन्दोलनमा उत्रने विरोध प्रदर्शनमा सहभागि युवा सन्दिप मैनालीले बताएका हुन् ।
युवाहरुले कोरोना नियन्त्रणको नाममा सरकारले १० अर्बको हिसाब किताब चुस्त र दुरुस्त जनता सामु पेश गर्न माग राख्दै कालापानी, लिम्पियाधुरा र लिपुलेक नक्शामा मात्र सिमित नगरी गुमेको भूमि फिर्ता ल्याउन पहलकदमी चाडै अघि बढाउनु पर्नै बर्दियालीको माग रहेको नागरिक अगुवा दिनेश प्रसाद श्रेष्ठले बताएका छन् । स्वदेश तथा विदेशका अलपत्र परेका, रोजगार गुमाएका र स्वदेश फर्कन चाहने नेपाली नागरिकलाई सहुलियत दरमा यथाशिघ्र उद्दार गरी उनीहरुको उचित व्यवस्थापन गर्न माग सहित नेपाल सरकारलाई ज्ञापन पत्र बुझाएका छन् । गुलरिया नगरपालिका वडा नं. ७ स्थित बसपार्क नजिक रहेको आप बगियाबाट निस्किएको रर्याली गुलरिया बजार परिक्रमा गरी जिल्ला प्रशासन कार्यालय बर्दिया मार्फत प्रधानमन्त्री कार्यालयमा ज्ञापन पत्र बुझाए हुन । ज्ञापन पत्र बुझाए पश्चात प्रदर्शनमा सहभागि युवाहरुले जिल्ला प्रशासन कार्यालय अगाडी राष्ट्रिय गान गाएका थिए ।
बर्दियाका युवाद्धारा सरकारका गतिविधिको विरोध गर्दै प्रदर्शन
73 Views