१९ माघ २०८०, शुक्रबार

ताजा खबर

जनप्रतिनिधिद्वारा पत्रकारलाई धम्की

   २ असार २०७७, मंगलवार १७:०८ प्रकाशित

मुलुक को भिड १९ महामारीको कहरमा रहेको अवस्था छ् । यस कहरबिच सरकारले मुलुकको गरिब र असाहयलाई राहत वितरण कार्य गर्नु उसको कर्तव्य हो । यसै सन्दर्भमा गत २९ गते नेपाल प्रेस युनियनका सदस्य तथा न्युज २४ टेलिभिजन रोल्पाका संवादाता नन्दराम खड्काद्वारा रुन्टीगढी गाउँपालिका ९ का वडा अध्यक्षले राहतको विषयलाई लिएर स्थानीय गुरुप्रसाद लगाएतलाई कुटपिट गरेको समाचार प्रकाशित गरेपछि प्रकाशित विषयलाई लिएर वडा अध्यक्षले धम्की दिएको हो। सामाजिक संजालमा जनप्रतिनिधिले जथाभावि लेखेर खड्काको चरित्र हत्या गरेका कार्यप्रति नेपाल प्रेस युनियनको ध्यानकर्षण भएको जानकारी नेपाल प्रेस युनियनले दिएको छ । यसै विषयलाई मध्यनजर गर्दै असार २ सोमबारका दिन नेपाल प्रेस युनियनले प्रेस विज्ञप्ती निकालेको छ । नेपालमा संविधानले नै पूर्ण प्रेस स्वतन्त्रताको ग्यारेन्टी गरेता पनि जनप्रतिनिधीहरुको यस्ता गतिविधीले व्यवहारमा पूर्ण प्रेस स्वतन्त्रता कार्यान्वयनमा चुनौती देखिदै आएको छ।यसकारण नेपाल प्रेस युनियन प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको व्यवहारमा कार्यान्वयनको लागि संचारमाध्यम र संचारकर्मीलाई भयरहित वातावरणमा समाचार संकलन र संप्रेषणको व्यववस्था मिलाउन स्थानिय प्रसासनसँग आग्रह गर्दै आरोपित व्यक्तिहरुका बारेमा अनुसन्धान गरि कार्वाही गर्न माग गरेको नेपाल प्रेस युनियनका महासचिव अजयबाबु शिवाकोटीले जानकारी दिनुभएको छ ।

107 Views
%d bloggers like this: