बर्दियामा आइतबार ३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । बाँकेको नेपालगंजस्थित भेरी अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा ठाकुरबाबा नगरपालिकाको –१ मा २ जना र वडा नं २ मा १ जना गरि जम्मा ३ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय बर्दियाका जनस्वास्थ्य निरीक्षक कृष्णगोपाल चौधरीले जानकारी दिए । आज थपिएका ३ जना सहित बर्दियामा कोरोना संक्रमितको संख्या १ सय ५४ पुगेको हो । यसैगरि हालसम्म कोरोना जितेर घर फर्कनेको संख्या २५ पुगेको छ । स्वास्थ्य कार्यालयका अनुसार गुलरिया नगरपालिकाका ७ जना, बासगढी नगरपालिकाका ६ जना, राजापुर नगरपालिकाका ८ जना र बढैयाताल गाउँपालिकाका ४ जना गरि जम्मा २५ जना कारोना जितेर घर फर्केका छन् ।
स्वास्थ्य कार्यालयका अनुसार हालसम्म बढैयाताल गाउँपालिकामा सबैभन्दा बढी संक्रमित देखिएका छन् । बढैयातालमा हालसम्म कोरोना संक्रमितको संख्या ४९ पुगेको छ । भने सबैभन्दा कम १ जना मात्र संक्रमित गेरुवा गाउँपालिकामा छन् । यसैगरि हालसम्म मधुवन नगरपालिकामा २८ जना, गुलरिया नगरपालिकामा २६ जना, बासगढी नगरपालिकामा २० जना संक्रमित रहेका छन् । राजापुर नगरपालिकामा १५ जना, बारबर्दिया नगरपालिकामा ८ जना र ठाकुरबाबा नगरपालिकामा ७ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालयका जनस्वास्थ्य निरीक्षक कृष्णगोपाल चौधरीले जानकारी दिए ।
बर्दियामा कोरोना संक्रमितको संख्या १५४ पुग्यो,कोरोना जितेर घर फर्कनेको संख्या २५ पुग्यो।
60 Views