१४ माघ २०८०, आईतवार

ताजा खबर

सामुदायिक विकास संस्थाद्धारा गेरुवामा राहत स्वरुप खाद्य्य तथा स्वास्थ्य समाग्री हस्तान्तरण

   १० असार २०७७, बुधबार ०८:१७ प्रकाशित

बर्दियाको गेरुवा गाँउपालिका वडा नम्बर १ का अति विपन्न तथा दलित परिवारले बल्ल राहत पाएका छन । बर्दियामा रहेको समुदायिक विकास संस्थाले त्यस क्षेत्रका ७५ घरधुरीलाई रातह स्वरुप खाद्य्य समाग्री हस्तान्तरण गरेको छ । गेरुवा गाँउपालिका वडा नम्बर १ का वडा अध्यक्ष दयाराम बैद्यको रहोवरमा ७५ घरधुरीलाई राहत वितरण गरेको हो । राहतका लागी सबै क्षेत्रसंग पहल गर्दा गर्दै पनि गरिबीको रेखा मुनी रहेका व्यक्तिलाई समुदायिक विकास संस्था मार्फत राहत उपलब्ध गराइएको वडा अध्यक्ष बैद्यले बताए ।

लकडाउनका समयमा सवैलाई समास्या परेका अवस्थामा विपन्न परिवारका सदस्यमा खाद्ययन्न नभएकै कारण विभिन्न समाजिक समास्याहरु आउन सक्छन । उक्त समास्यालाई मध्ये नजर गर्दै ७५ घरधुरीका अति विपन्न दलित परिवारलाई चामल दाल नुन तेल साबुन लगायतका खाद्यय समाग्री वितरण गरिएका थियो । समाजिक उत्तरदायित्व सम्झि हामीले यस क्षेत्रका नागरिकलाई ३० किलो चामल, २ किलो दाल, २ लिटर तेल, १ किलो नुन, र २ वटा साबुन वितरण गरेको समुदायिक विकास संस्थाका कार्यकारी निर्देशक मानबीर विश्वकर्माले जानकारी दिए ।

यसै गरि गेरुवा गाँउपालिकामा रहेका ६ ओटै आधारभुत स्वास्थ्य संस्थाका लागीे स्वास्थ्य समाग्री हस्तान्तरण गरिएको सामुदायिक विकास संस्थाका फोकल पर्सन शितल विश्वकर्माले बताए । सरकारले राहत वितरण गरेको भन्दै आएपनि गुनासो भने कायमै रहेको छ । दैनिक ज्यालादरी गरि परिवार पाल्नेहरुका लागी थोरै राहतले पनि केही खुशी थापेको देखिन्छ । राहत प्राप्त गरेका स्थानिय विपन्न परिवारका सदस्यले सामुदायिक विकास संस्थाले स्थानमै आएर राहत उपलब्ध गराएकोमा स्थानिय लोहरा थारुले उक्त संस्थालाई धन्यवादको पात्र भएको प्रतिक्रिया दिए ।

121 Views
%d bloggers like this: