वर्षा सुरु भएसंगै देशका विभिन्न स्थानमा किसानहरु धान रोपाइँमा व्यस्त हुन थालेका छन । बर्दिया जिल्लाको भौराटाप्पा क्षेत्रका किसानहरु भने यो समयमा चैते धान भित्राउन व्यस्त छन ।
बर्दियाको भौराटाप्पाका किसानहरुलाई यो समयमा चैते धान भित्राउन भ्याइनभ्याई छ । दुई वाली हुने यस क्षेत्रका किसानहरु धान रोपाइसंगै चैत धान भित्राउन व्यस्त भएका छन । बर्दिया जिल्लाको पश्चिमी क्षेत्र राजापुर नगरपालिका, गेरुवा गाँउपालिका लगायत क्षेत्रका किसानहरु यति बेला पाकेको चैते धान भित्राउन व्यस्त भएको किसान अमर थारु बताउँछन् ।
बर्दियाको यस क्षेत्रका किसानले वर्षमा २ पटक धानबाली लगाउँछन । चैतमा लगाएको धान यति वेला काट्ने र फेरी सोही खेतमा वर्षामा लगाइने धान लगाउने गरेका छन । पानीको सहज पहुँच भएको र खल्ला क्षेत्र भएकाले चाँडै पानी भरिने हुनाले पनि २ पटक धान खेती लगाउने गरेका छन । हिउँदे बाली तथा वर्षे बाली गरि २ पटक धान लगाउँदै आएकान किसानलाई समास्या पनिे छ । पश्चिम तराईकै नगदे बाली उत्पादनमा अब्बल ठानिएको ठाउँ हो राजापुरको भवरा टप्पा । कर्णाली नदीले घेरिएको टापुमा धान उत्पादन मनग्य हुन्छ ।
तर किसानले रोपाई गर्ने समयमा उचित मूल्यमा सहज रुपमा मलको अभाव हुँदा किसानलाई समास्या समेत हुने गरेको किसानको गुनासो छ । किसानका समास्या समयमै समाधान गर्न सके धेरै युवाहरु विदेश पलायन हुन बाट रोक्न सकिन्छ । देश विकासका निम्ती युवाहरुको श्रमलाई देशकै कृषी पेशामा लगाउन सके सरकारले भन्दै आएको सुखी नेपाली, समृद्ध नेपालका सपना साकार हुने किसानहरुको विश्वास छ ।