धान उत्पादनमा वृद्धि, आत्मनिर्भरता र समृद्धि’ भन्ने मूल नाराका साथ १७ औँ राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव मनाइएको छ । आजका दिन असारे भाकामा लोकदोहोरी गाउँदै छुपुछुपु हिलोमा धान रोपिन्छ । कामको चटारोले थकित भएका किसान शक्ति प्राप्तिका लागि दही चिउरा खान्छन् । आज देशका विभिन्न ठाउँमा नेतादेखि सर्वसाधारणले यो दिवस मनाएका छन् । स्थानीय जनप्रतिनिधिले पनि हिलोमै टेकेर दिवस मनाएका छन् । तर कृषी पेशामै आत्मनिर्भर भएका किसानलाई भने खासै रौनक देखिएन । बर्दियाका किसानलाई यतिबेला धान राप्ने चटारो चलेको छ । सहज रुपमा पानीको प्रबन्ध भएका तथा आफनै स्रोत साधनको प्रयोग गर्दै किसानहरु धमाधम रोपाइमा व्यस्त छन । यहाँका किसान यतिबेला मलको अभावका बीच पनि रोपाईमा व्यस्त देखिन्छन । वर्षातको समयमा पानी बढी जम्मा हुने स्थानका किसानहरु मलको अभाव भए पनि रोपाई सुरु गरेको राजापुर नगरपालिका किसान मनकु थारुले बताउनु भयो । धान रोप्ने बेला मल नपाएर किसान हैरान छन् । धानका लागि डिएपी र युरिया मल मिसाएर खेतमा छर्नुपर्ने हुन्छ । दिनभरि लाइन लागे पनि मल नपाएको गेरुवा गाँउपालिकाका किसान सदाविर चौधरीले गुनासो पोखे । उचित मात्रामा मल नपाएका किसान यो वर्ष हरेक वर्ष भन्दा यो वर्ष कम धान लगाएको गुलरियाका किसान राजेश यादवले बताउनु भयो । बर्दियामा करिब ५० हजार हेक्टर जमिनमा धान खेती गरिन्छ । उत्पादित धान करिब ६० प्रतिशत बर्दियामै खपत हुने गरेको छ । भने ४० प्रतिशत अन्य जिल्लामा खपत हुने गरेको छ । बजारमा सहज रुपमा मल उपलब्ध नभए धानको उत्पादनमा कमि आउन सक्ने कृषी विज्ञको भनाई छ ।
बर्दियामा पनि १७ औँ राष्ट्रिय धान दिवस मनाइयो ः कृषकको समास्या भने यथावत
बर्दिया न्युज,
१५ असार २०७७, सोमबार २१:४७ प्रकाशित