६ माघ २०८०, शनिबार

ताजा खबर

सुशान्तको ‘दिल बेचारा’ को ट्रेलरले विश्व कीर्तिमान राख्न सफल

   २३ असार २०७७, मंगलवार १५:२४ प्रकाशित

बलिउड अभिनेता सुशान्त सिंह राजपूतको फिल्म ‘दिल बेचारा’ को ट्रेलरले विश्व रेकर्ड राख्न सफल भएको छ ।

सोमवार रिलिज भएको फिल्मको ट्रेलरले छोटो समयमा धेरै लाइक्स पाउने विश्वकै पहिलो भिडियोको रेकर्ड राखेको हो ।

यो ट्रेलर रिलिज भएको २ घण्टाभित्र १२ लाखले लाइक गरेका थिए । त्यस्तै हजारौंले प्रतिक्रिया जनाएका थिए । कतिले सुशान्तको फिल्म ‘दिल बेचारा’ को ट्रेलर हेर्दा आफू रोएको प्रतिक्रिया दिएका थिए ।

ट्रेलर रिलिज हुनुअघि नै प्रतीक्षित दर्शकले ५५ हजार लाइक गरिसकेका थिए ।

185 Views
%d bloggers like this: