समाचार एजेन्सी पिटिआईले युपीको स्पेशल टास्क फोर्सका महानिरिक्षक (आइजी) अमिताभ यशलाई उद्धृत गर्दै कानपुर मुठभेडका मुख्य अभियुक्त विकास दुबेका बडीगार्डको अमर दुबेको राज्यको हमिरपुर जिल्लामा प्रहरीकाे एक मुठभेडमा मारिएकाेे जानकारी दिएको छ ।
प्रहरीका अनुसार अमर दुबे कानपुर मुठभेडका सह–अभियुक्त थिए । भारतीय मिडिया भनाइ अनुसार उनले विकासको बडीगार्डको रुपमा पनि काम गर्दथे र आरोपी विकास दुबेका काकाका छोरा थिए ।
उत्तर प्रदेश पुलिसले मंगलबार दिएको आफ्नो जानकारीमा प्रहरीको ४० वटा समूहले देशकाे बिभिन्न स्थानमा प्रहरी अपरेसन संचालन गरी विकास दुबेको लगातार खोजी गरिरहेका थिए ।
गत २–३ जुलाईको रात कानपुरमा विकास दुबेलाई पक्राउ गर्न उनकाे घरमा गएको प्रहरी समूहमाथि भएको हमलामा एक डीएसपीसमेत आठ प्रहरी मारिएका थिए ।
उक्त घटनापछि प्रहरीले अपराधीको तस्बिर जारी गरेको थियो, त्यसमा अमरको नाम शीर्ष स्थानमा थियो । प्रहरीले उनीमाथि २५ हजार भारुको इनाम पनि घोषणा गरेका थिए ।