२१ माघ २०८०, आईतवार

ताजा खबर

सुकुम्बासी तथा विपन्न परिवारलाई बालबिवाह रोकथाम तथा न्यूनीकरण परियोजनाद्वारा स्वास्थ्य समाग्री सहयोग

   ९ श्रावण २०७७, शुक्रबार ०८:१८ प्रकाशित

बर्दियाको विभिन्न पालिकामा आफनो कार्यक्षेत्र बनाई काम गर्दै आएको बालबिवाह रोकथाम तथा न्यूनीकरण परियोजनाले विपन्न परिवारका लागी स्वास्थ्य समाग्री सहयोग गरेको छ । कोरोना भाइरस कोभिड १९ को प्रत्यक्ष प्रभाव हरेक वर्ग समुदाय, तथा बस्तीहरुमा परेको भन्दै आवश्यक स्वास्थ्य समाग्री विपन्न तथा सुकुम्बासी बस्तीमा वितरण कार्य गरेको संस्थाले जनाएको छ । बाल बिवाहको सवालसँग सरोकार राख्ने किशोर किशारी, अभिभावक र अन्य सरोकारवाला पक्षहरु विच सचेतना, शसक्तीकरण र सहकार्य गर्दै उमेर नपुगी चांडै हुने बाल बिबाहको संख्या घटाउन योगदान गर्ने उद्धेश्य बोकी परियोजनाले बर्दियामा कार्य गरिरहेको छ ।
बर्दियाको मधुवन नगरपालिका वडा नम्बर ७ सुकुम्बासी बस्तीमा पनि ७२ घर परिवारलाई स्वास्थ्य समाग्री प्रदान गरिएको उक्त परियोजनाका संयोजक प्रेम विकले जानकारी दिनु भयो । संस्थाकी कोषध्यक्ष विभा विकको उपस्थितीमा स्वास्थ्य समाग्री हस्तान्तरण गरिएको हो । किशोर किशोरी संजाल तथा संयुक्त मंचहरुको क्षमता अभिवृद्धि र स्थानिय तह स्तरका सरोकारवाला निकायहरु विचको समन्वय र सहकार्यमा निरन्तरता दिने उद्धेश्य बनाई परियोजनाले विषम परिस्थतीमा सहयोग गरेको संस्थाले जनाएको छ । बर्दिया जिल्लाको गुलरिया नगरपालिका, मधुवन नगरपालिका र ठाकुरबाबा नगरपालिकामा कार्यक्षेत्र रहेको परियोजनाले बर्दियाको ठाकुरबाबा नगरपालिका वडा नम्बर ८ चिटकैयामा ७५ घरपरिवारमा मास्क, सेनिटाइजर र साबुन वितरण गरेको छ । वडा नम्बर ८ की वडा सदस्य सीता थारुको उपस्थितीमा भएको कार्यक्रममा संयुक्त संजाल सदस्य बसन्ती सुनारको उपस्थिती रहेको थियो ।
यसैगरि केही दिन अघि गुलरिया नगरपालिका वडा नम्बर ८ स्थीत सरजु टपरा गाँउमा ७२ जना घर परिवारलाई विभिन्न स्वास्थ्य सामाग्री वितरण गरेको थियो । गुलरिया नगरपालिकामा रहेको उक्त बस्तीमा गरिब, दैनिक ज्यालादारी तथा गरिब विपन्नहरुको बसोबास छ । कोरोजना भाइरस कोभिड १९ को संक्रमण बाट जोगीन उच्च सतर्कता अपनाउनु पर्ने, दैनिक क्रियाकलाप गर्द अवलम्बन गर्नु पर्ने विभिन्न किसिमका उपायमा जोड दिंदै सस्थाले ७२ जना घरपरिवारलाई मास्क, सेनिटाइजर, सावुन सहितको वितरण स्वास्थ्य समाग्री हस्तान्तरण गरिएको परियोजना संयोजक विकले बताउनु भयो ।
दलित महिला उत्थान संघ बर्दियाकी अध्यक्ष खिमा विक र गुलरिया नगरपालिका वडा नम्बर ८ का वडा सदस्य दयाराम लोधको र स्वास्थ्य समाग्री वितरण गरिएको स्थानका जनप्रतिनिधीहरुको रहोबरमा उक्त स्वास्थ्य सामाग्री वितरण गरिएको विकले जानकारी दिनु भयो । बालबिवाह रोकथाम तथा न्यूनीकरण परियोजना १५ जुन २०२० देखी १४ जुन २०२२ सम्म बर्दियाको ३ वटा नगरपालिकामा आफनो कार्यक्षेत्र विस्तार गरि कार्य गरिरहेको छ ।

52 Views
%d bloggers like this: