बर्दियामा आज बाढीको समयमा उद्धारका लागी प्रयोग गरिने मोटरबोटको सफल परिक्षण गरिएको छ। विश्व खाद्य कार्यक्रमको सहयोगमा नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा तथा विपद् व्यवास्थापन समितीद्धारा गुलरिया नगरपालिका वडा नम्बर ४ स्थीत कोटही माता मन्दिर परिसरमा छेउमा रहेको पोखरीमा मोटर बोट संचालन सम्बन्धि प्रयोगात्मक सफल परिक्षण भएको हो । नेपाली सेना र शसस्त्र प्रहरीले मोटरबोट संचालन सम्बन्धि सफल परिक्षण पश्चात १ र १ वटा मोटर बोट हस्तान्तरण गरिएको छ । मोटर बोट हस्तान्तरणका क्रममा प्रमुख जिल्ला अधिकारी लिलाधर अधिकारीले विपद्को समयमा उक्र सामाग्री सहि सदुपयोग हुने विश्वास व्यक्त गर्नु भयो । बाढीका बेलामा उद्धारमा सहयोग हुने मोटरबोट विश्वखाद्य कार्यक्रम र यु के एडको सहयोगमा नेपालका बाढी प्रभावित ४ वटा जिल्लामा संचालन गरिएको जिल्ला संकट व्यावस्ठापन केन्द्र बर्दियाका रुपन ज्ञवलीले जानकारी दिनु भयो ।
बर्दियामा बाढीमा परेकाको उद्धारका लागी प्रयोग गरिने मोटरबोटको सफल परिक्षण
बर्दिया न्युज,
९ श्रावण २०७७, शुक्रबार २१:५२ प्रकाशित