बर्दियामा ५ दिनका लागी निषेधाज्ञा जारी गरिएको छ । कोरोना भाइरसको संक्रमण समुदाय स्तरका केही व्यक्तीमा देखिएकाले थप संक्रमण फैलिदैँ जान सक्न हुनले उच्च सर्तकता अपनाउँदै नियन्त्रण गर्नका लागि निषेधाज्ञा गरिएको हो । बर्दियाका केही स्थानिय तहका जनप्रतिनिधी, स्वास्थ्यकर्मी, थुनुवामा संक्रमण देखिएकाले समुदाय स्तरमा कोरोना परिक्षणको दायरा थप बढाउन लागिएको हो । विहिबार कोरोना संकट व्यवस्थापन समिति बर्दियाका अध्यक्ष एवं प्रमुख जिल्ला अधिकारी लिलाधर अधिकारीको अध्यक्षतामा बसेको बैठकले आइतबार विहान ६ बजे देखि साउन २९ गते विहिबार मध्यरात सम्म ५ दिन निषेधाज्ञा गर्ने निर्णय गरेको थियो । अहिले बर्दियाको मुख्य बजार गुलरिया बजार सुनसान बनेको छ भने अत्यावश्यक सेवा वाहेकका मानिसहरुको अवामन ठप्प भएको छ ।
बर्दियामा ८ वटै पालिकाको सहयोग मार्फत पीसीआर परीक्षण उपकरण जडान गर्ने यसअघिको निर्णयलाई तत्काल कार्वान्वयनमा ल्याउन र छिटोभन्दा छिटो पीसीआर जडान जडान गरी पीसीआरको दायरा बढाउने निर्णय समेत गरिएको जिल्ला प्रशासन कार्यलय बर्दियाका प्रशासकिय अधिकृत नारायण ढकालले बताए । निषेधाज्ञाको अवधिमा स्वास्थ्य, सुरक्षा, विद्युत्, दूरसञ्चार, खानेपानी, दूध तथा दुग्धजन्य पदार्थ, फोहरमैला व्यवस्थापन, ग्यास, पेट्रोलियम पदार्थ, औषधि पसल तथा तरकारी र खाद्यान्न आपूर्ति सेवा सञ्चालन गर्न पाइने छ । यस्तै एम्बुलेन्स, शववाहन, दमकल, झण्डावाला र कूटनीतिक नियोगका सवारी साधन, लामो दूरीका मालवाहक गाडी र सवारी अनुमति पास भएका गाडी पनि सञ्चालनमा रहने बर्दिया प्रशासनले जनाएको छ ।
निषेधाज्ञा अवधिभर जिल्लाका ८ वटै स्थानिय तहमा गरि समुदाय स्तरबाट करिब १ हजार जनाको नमुना संकलन गरि पिसिआर परिक्षण गरिने स्वास्थ्य कार्यलय बर्दियाका प्रमुख गोकर्ण गीरीले जानकारी दिए । संक्रमति भएकाहरुको सम्पर्कमा रहेका, जोखीम क्षेत्रमा पुगेका, स्वास्थ्यकर्मी, सुरक्षाकर्मि, व्यापारी, मजदुर लगायतको स्वाँब नमुना संकलन गरि परिक्षणका लागी भेरी अस्पताल नेपालगंज पठाइने गीरीले बताए । उक्त रिपोर्ट आएपछि मात्र निशेषाज्ञाको अवधि थपघट गर्न जिल्ला संकट व्यवस्थापन समितीले निर्णण गर्ने उनले भने । यसैबीच बर्दिया जिल्लामा हाल सम्म २ सय ६४ जनामा कोरोना संक्रमण पुष्टि भइसकेको छ । जसका कारण सावधानी अपनाउन अत्यावश्यक काम बाहेक घर बाहिर ननिस्कन र निस्कनै परेमा मास्कको अनिवार्य प्रयोग गर्न स्वास्थ्यकर्मीले आग्रह गरेका छन ।
बर्दियामा ५ दिनका लागी निषेधाज्ञा जारी, गुलरियाको मुख्य बजार सुनसान
163 Views