५ फाल्गुन २०८०, शनिबार

ताजा खबर

नेपाल पत्रकार महासंघका अध्यक्ष र सचिवले सूचना लुकाएको आरोप

   ५ भाद्र २०७७, शुक्रबार १७:२८ प्रकाशित

नेपाल पत्रकार महासंघ बाजुराका जिम्मेवारी व्यक्तिले नै सुचना लुकाउने गरेका छन् । 
नेपाल प्रेस युनियन बाजुरा शाखाले महासंघको साउन २४ गते बसेको बैठकबाट सिफारिस गरिएका नयाँ सदस्यताको विवरण मागेको दश दिन वितिसक्दा पनि सुचना महासंघका अध्यक्ष प्रकाश सिंह र सचिव प्रेम वि.क.ले उक्त विवरणि विभिन्न बाहना बनाउदै दिन नमानेको नेपाल प्रेस युनियन बाजुराका सचिव प्रशान्तराज जोशीले जानकारी दिएका छन् । 
उनले दिएको जानकारी अनुसार महासंघलाई युनियनले विवरण संस्थागत रुपमा माग्दा पनि कुनै प्रतिक्रिया नदिएर मौन बसेको बताए । 
युनियनले साउन २७ गते महासंघका अध्यक्ष प्रकाश सिंहलाई कार्यालयमै गएर बुझाएको भएपनि आधिकारीक रुपमा कुनै प्रतिक्रिया नआएको युनियनका अध्यक्ष प्रेम रौलेले बताएका छन् । 
पटक पटक महासंघ अध्यक्ष सिंह र सचिवलाई विवरण माग्दा अध्यक्षले सचिवलाई जिम्मेवारी दिएको प्रतिक्रिया दिने र सचिव वि.क.ले बाहना बनाउदै सुचनाको हकको दुरुपयोग गरेको किनारा न्युजलाई बताए । 
महासंघ सचिवलाई फोन गरेर विवरण कहिले उपलव्ध हुने हो भनेर सोध्दा वि.क.ले युनियन नबोलेको र युनियनको आधिकारिक कुनै पत्र नआएको जवाफ आएको प्रति अध्यक्ष रौलले आपत्ती जनाएका छन् । 
प्रेस विज्ञप्ती जारी गर्दै महासंघका जिम्मेवार व्यक्तिले नै सुचना लुकाउने र फरक फरक अभिव्यक्ति दिने गरेकाले महासंघले नयाँ सदस्यतामा कार्यकर्ता भर्ति गर्ने थलो बनाएको युनियन अध्यक्ष रौलेको ठहर रहेको छ । साभार: किनारा न्युज

120 Views
%d bloggers like this: