१८ माघ २०८०, बिहीबार

ताजा खबर

नेपाली काँग्रेस बर्दियाले नेपाल सरकार र स्थानिय प्रशासनलाई गरायो गम्भीर ध्यानाकर्षण

   ६ भाद्र २०७७, शनिबार ०८:५९ प्रकाशित

नेपाली काँग्रेस बर्दियाले नेपाल सरकार र स्थानिय प्रशासनलार्य गरायो गम्भीर ध्यानाकर्षण गराएको छ । समाजलाई आक्रान्त बनाउने गरी मृतकको कोरोना परिक्षणको रिपोर्ट नआउँदै मृतक लासलाई परिवारको जिम्मा लगाउने कार्यमा संलग्नलाई कार्वहीको माग गर्दै ध्यानाकर्षण गराएको हो । मधुवन न.पा.वडा नं.९ का एक जना ७८ वर्षिय ब्यक्ति विरामी भै उपचारको लागि बाँकेको कोहलपुर लागि उपचार गर्दा गर्दै मृत्यु भएको थियो । विज्ञप्तीका अनुसार मृतकलाई अस्पताल बाट अन्त्यष्ठी गर्दा सम्म सयौं ब्यक्ति निज मृतकको सम्पर्कमा आएको र ति ब्यक्तिहरुमा कोरोना संक्रमण फैलिने ठुलो जोखिम रहेको हुँदा समाज कोरोना संक्रमित भइने हो कि भन्ने ठुलो भए डर सन्त्रासमा रहेका छन् । मृतकको शव ल्याउने सम्बन्धमा गहिरो सत्यतथ्य छानबिन गरी यस्तो चरम लापरवाही गर्ने कार्यमा संलग्न जो सुकै दोषिलाई कडा कारवाही गर्न माग गरिएको छ ।
बर्दिया जिल्लाको हकमा हालसम्म कोभिड १९ का ३०८ संक्रमित पुगेका छन् । यो बिकरल रुपलाई हेर्दा कोरोना समाजमा पसी सकेको तर यथोचित परिक्षण नहुदा कति संक्रमित रहेका छन् यकिन तथ्याङक संकलन नभएको नेपाली कांग्रेस बर्दियाले जारी गरेको विज्ञप्तीमा जनाइएको छ । जिल्लामा कोरोना विरामीहरुको उचित उपचारको व्यवस्था नगरिएको भन्दै कोरोना विरामीको उपचारको लागि भेन्टिलेटर अनिवार्य शर्त हो तर जिल्लामा भेन्टिलेटरको व्यवस्था छैन। यो विषम परिस्थितिलाई मध्यनजर राख्दै तत्काल जिल्लामा पि.सि.आर ल्याब स्थापना तथा विरामी उपचारको लागि भेन्टिलेटरको व्यवस्था गर्न नेपाली कांग्रेस बर्दियाका सभापति संजय गौतमको हस्तक्षरित विज्ञप्तीमा जनाइएको छ ।
यस्तै नेपाली कांग्रेस बर्दियाले ध्यानाकर्षण गराउँदै बर्दिया जिल्ला कृषकहरुको जिल्ला भन्दै धान खेतिमा किसानहरुले सहज ढंगले मलखाद नपाएको, राज्यले किसानहरुलाई सहज ढंगले मलखाद उपलब्ध गराउनु पर्ने, मलखाद लगायतको व्यापक रुपमा कालोबजारी तथा तस्कारी भइरहेको सरकारले कालोबजारी तथा तस्कारी नियन्त्रण गर्न पनि नसकेकोमा किसानहरुलाई सहज र सुलभ मुल्यमा मलखादको व्यवस्था गर्न र कालोबजारी तथा तस्कारीलाई नियन्त्रण गर्न जोडदार माग गर्दछ । नेपाल सरकारले कोरोनाको पि.सि.आर ल्याब स्थापनाका लागि जुन रुपमा तदारुकताका साथ काम गर्नु पर्ने हो हालसम्म सो कार्य सम्पन्न हुन नसकेको भन्दै ध्यानाकर्षण समेत गराएको छ ।

117 Views
%d bloggers like this: