विश्वभर फैलिरहेको कोरोना भाइरस (कोभिड(१९) संक्रमणका बिरामीहरु बर्दियामा लक्षणसहित देखिन थालेपछि उपचार व्यवस्थापनमा चुनौती तथा चिन्ता थपिएको छ । अस्पतालको भौतिक पूर्वाधार सहित उपकरणलगायत चिकित्सकको कमी हुँदा उपचार व्यवस्थापनमा कठिनाइ भएकोमा चिन्ताको विषय बनेको छ । बर्दियामा कोरोना संक्रमितको संख्या बढेसँगै उपचार व्यवस्थापनमा कठिनाइ भएको बर्दिया अस्पतालका सुपरिटेन्डेन्ट शुभाष पाण्डेले बताउनु भयो । जिल्लामा भेन्टिलेटर, आइसीयू, लगायत आवश्यकता अनुसार चिकित्सक नहुनु र समुदाय स्तरमा संक्रमण देखिनले चुनौती एवं उपचारका लागी चिन्ताको विषय बन्न गएको छ ।
लक्षण नभएका संक्रमितको हकमा समस्या नभएपनि कोरोना भाइरसको लक्षण देखिएका संक्रमितको उपचारमा एक्कासी समस्या आउन सक्छ । तसर्थ समयमै उपचार व्यवस्थापनतर्फ सबैले ध्यानदिनु जरुरी रहेको डा. पाण्डेल बताउनु भयो । सरकारले प्रत्येक जिल्लाका अस्पताललाई कोभिड अस्पताल विस्तार गर्ने निति लिएपनि बर्दियामा संचालन हुन सकेको छैन । बर्दिया अस्पतालमा भौतिक पूर्वाधार कमी भएकाले कोभिडका बिरामीलाई अलग्गै उपचार गर्ने कक्ष संचालन गर्न नसकिएको बर्दिया अस्पतालका मेडिकल सुपरिटेण्डेण्ट डाक्टर सुभाष पाण्डेयले बताउनु भयो ।
बर्दिया अस्पताल सेकेण्डरी ए लेभलमा वर्गिकरण भएकाले ५० वेडको शैयामार्फत सेवा दिनुपर्ने आवश्यक छ । अस्पतालबाट ७ वटा वार्डमार्फत सेवा दिनुपर्ने भएकाले पूरानो भवनहरु अपुग छन् । अस्पतालमा २ सय १४ जना कर्मचारी आवश्यक रहेपनि ५९ जना कर्मचारीले सेवा दिँदै आएका छन् । भर्खरै अस्पतालले इण्डोस्कोपी सेवा पहिलो पटक संचालनमा ल्याएको डाक्टर पाण्डेले जानकारी दिनु भयो । बर्दिया अस्पताल समितीका अध्यक्ष अंगद श्रेष्ठका अनुसार यस्का लागी सवै पालिकाका प्रमुख तथा केन्द्रि, प्रदेशसंग समन्वय भइरहेको बताउनु भयो । कोभिड १९ को संक्रमणले देखिएका चुनौतीमा सबैको सहयोगको अवश्यकता रहेको श्रेष्ठले बताउनु भयो ।
बर्दियामा लक्षणसहित संक्रमित देखिए उपचार व्यवस्थापनमा चुनौती
50 Views