५ माघ २०८०, शुक्रबार

ताजा खबर

बर्दिया अस्पतालमा बाँके बर्दियाका महिलाले सेवा लिदै सुत्केरी हुनेको संख्यामा बृद्धि

   १७ भाद्र २०७७, बुधबार ०९:०४ प्रकाशित

बर्दिया सदरमुकाम गुलरियामा रहेको अस्पतालमा सुत्केरी हुन जाने महिलाको संख्यामा बृद्धि भएको छ । कतिपय ग्रामीण भेगका महिलाहरुले बर्दिया अस्पताललाई रोजाईमा परेका छन । उपलब्ध जनशक्ति कारोनाको संक्रमण रोकथाममा खटिएको अवस्थामा छ । सेवाग्राहीको अनुसार प्रशासनिक कार्य तथा कर्मचारीहरुले गर्ने कार्यशैलीमा निक्कै सकारात्मक परिवर्तन भएको बताउँछन । सानो स्वास्थ्य समास्याका लागी पनि नेपालगंज जानु पर्ने बाध्यता न्युन हुँदै गएको सेवागा्रही, गरिमा चौधरीले बताइन । बर्दिया अस्पतालमा सुत्केरी सेवा लिनेहरु बर्दियाका विभिन्न क्षेत्रका महिलाहरु आउने गरेका छन । सेवाप्रवाहको प्रभावले बाँके जिल्लाका महिला पनि आउने गरेका छन । आर्थिक वर्ष २०७७।७८ को साउन मसान्त सम्ममा मात्रै करिब २ सय जनाले सुत्केरी सेवा लिएका छन । पछिल्लो समय संख्यात्मक रुपमा अप्रेसन गरी सुत्केरी भएकाहरुको संख्यामा बृद्धि भएको छ । बर्दिया अस्पतालकी नर्सिङ्ग निरिक्षक देवी खनालले जानकारी दिइन ।
बर्दिया जिल्लाको प्रतिनिधीका रुपमा रहेको अस्पताललाई नागरिकले पुर्ण रुपमा सेवा लिनका लागी प्रयास गरिदै आएको छ । न्युनतम उपचारका लागी समेत बाँके लगायत छिमेकी राष्ट्र भारत जानुपर्ने नागरिकको बाध्यतालाई सम्बोधन गर्न अस्पताल व्यवस्थापन समितीले कार्य गरि रहेको बर्दिया अस्पताल व्यवस्थापन समितीको अध्यक्ष अन्गद श्रेष्ठले बताए । बर्दिया अस्पतालमा सरकार, स्थानिय नागरिक लगातयका पक्षको सामुहिक संलग्नताले जिल्लाको नमुना उपचार केन्द्र बनाउनु पर्ने स्थानियले बताइरहेका छन । बर्सेनि बर्दियाका जनताहरु उपचारका लागी अन्य जिल्ला तथा छिमेकी राष्ट्र भारतमा जानैपर्ने बाध्यतालाई हटाउनु पर्ने नागरिकले बताउँदै आएका छन।

136 Views
%d bloggers like this: