बर्दियामा एकैदिन थप ४२ जनामा कोरोना पुष्टि भएको छ। बर्दियाको बाँसगढी नगरपालिका स्थित चौधरी ग्रुपमा कार्यरत महिला तथा पुरुष कामदारहरुमा कोरोना पुष्टि भएको हो।
बर्दियामा २९ जना महिला र १३ जना पुरुष गरि ४२ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य कार्यालय बर्दियाका प्रमुख गोकर्ण गिरीले जानकारी दिएका हुन। संक्रमितमध्ये ३४ जना बाँसगढी नगरपालिकाका छन्। भने बाँकी बढैयाताल गाउँपालिका र गुलरिया नगरपालिकाका बासिन्दा हुन्। संक्रमित सबैलाई आइसोलेसनमा राख्ने तैयारी भइरहेको स्वास्थ्य प्रमुख गिरीले जानकारी दिएका छन् ।
69 Views