पछिल्लो २४ घण्टामा ९ सय ७९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
देशभरका प्रयोगशालामा ९ हजार २ सय १८ नमुना परीक्षण गर्दा उनीहरुमा संक्रमण पुष्टि भएको छ । योसँगै कुल संक्रमितको संख्या ४७ हजार २ सय ३६ पुगेको छ ।
संक्रमित मध्ये ३ सय जनाको मृृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। पछिल्लो २४ घण्टामा मात्र ११ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको हो।
103 Views