संक्रमण दर नियन्त्रण गर्न नागरिक स्तरबाट नै सचेतना अपनाउन अवश्यक रहेको जोड दिइएको छ । गुलरिया नगरपालिका स्वास्थ्य शाखा प्रमुख सुनिल पाण्डेले नागरिकमा कोरोना नियन्त्रण गर्न अनुशासनको अवश्यकता रहेकोमा जोड दिनु भएको हो । कोरोना सर्ने ३ तरिका पहिलो विदेशबाट आएका मानिसमा मात्रा, दास्रो विदेशबाट आएका मानिसहरुबाट हाम्रै नेपालका मानिसमा सर्नु र नेपालमै रहेका मानिसहरु बाट हाम्रो सुमुदायमा सर्नु रहेको बताउनु भयो । गुलरिया नगरपालिकामा तेस्रो तहमा पुग्नु भनेको संक्रमण हुने सम्भावना बढी हुन रहेको प्रति पाण्डेले सचेत पार्नुभयो । लगभग विभिन्न क्षेत्रमा कार्यरत मानिसहरुमा संक्रमण देखिएकाले नागरिकले अनुशासन रहन आग्रह गर्नु भयो ।
कोरोना भाइरसको संक्रमण नियन्त्रण गर्न नागरिक स्वयंम सचेत बनि ४ तरिका अनिवार्य अपनाउन डा पाण्डेले अनुरोध गरेका छन । राज्यले भन्दै आएको सामाजिक दुरि कायम गर्ने ,सहि तरिकाले मास्ककोे प्रयोग गर्ने, साबुन पानीले हात धुने वा सेनिटाइजरको प्रयोग गर्नु रहेको स्वास्थ्य शाखा प्रमुख पाण्डेले उल्लेख गर्नुभयो । कतिपय व्यक्तिहरु मास्क मुखमा नलगाई खल्तीमा राखेर हिंड्ने गरेको अवस्था हाम्रो समाजमा रहेको छ । यस्तो क्रियाकलाप नगर्न समेत उहाँले नागरिकलाई आग्रह गर्नु भएको छ ।
अनुशान पुर्वक नागरिकले सचेतना अपनाए कोरोना नियन्त्रण गर्न सकिने शाखा प्रमुख पाण्डेले विश्वास व्यक्त गर्नुभयो । यातायातका साधन संचालनमा आउनु, बजारहरु संचालन हुन, तथा नागरिकहरु अव्यवस्थित रुपमा हिडडुल गर्ने भएकाले यो समयमा संक्रमण बढ्ने सम्भावना बढि रहेको पाण्डेले बताउनु भयो । गुलरिया नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख पाण्डेले संक्रमण नियन्त्रण गर्न स्वास्थ्याकर्मी, जनप्रतिनिधि, राजनितीक दलका प्रतिनिधी, पत्रकार सबैको ठुलो भुमिक रहेको बताउनु भयो । कोरोनाको महामारी विश्वभर फैलिएको अवस्थामा कति पय देशमा लकडाउन तथा निशेधाज्ञा लागु गरिएको छ । नेपालमा विगत ६ महिना देखी कोरोना संक्रमणले आर्थिक, सामाजिक लगायत हरेक क्षेत्रमा प्रभाव पारेको छ । बर्दियामा पनि ८ ओटै पालिकामा कोरोना सक्रमित देखिएका छन । जिल्लामा पछिल्लो समय संक्रमण दर बढ्दै गएको छ । यस तर्फ स्वस्थ्यकर्मी चिन्तित समेत बनेका छन ।
संक्रमण नियन्त्रण गर्न चार तरिका अनिवार्य अपनाउन स्वास्थ्य शाखा प्रमुख पाण्डेको सुझाव
93 Views