बर्दियामा कोरोना संक्रमितको संख्या ६ सय ९५ पुगेको छ । बर्दियामा फेला परेका कोरोना सक्रमित मध्ये ४ सय ९६ जना पुरुष र १ सय ९९ जना महिला रहेको जिल्ला प्रशासन कार्यलय बर्दियाले जनाएको छ । सोमबारको तथ्याङ्क अनुसार २५० जनालाई क्वारेन्टिनमा राखिएको छ । जसमा १ सय ९१ ज्ना पुरुष र ५९ जना महिला रहनु भएको छ । बर्दिया जिल्लामा हाल सम्म ११ हजार ८ सय १९ जनाको पिसिआर विधि मार्फत कोरोना संक्रमण परिक्षण गरिएको बर्दिया प्रशासनले जनाएको छ । आइतबार मात्रै १ सय ७ जनाको स्वाँब संकलन गरि परिक्षणका लागी पठाइएको छ । बर्दिया जिल्लामा कोरोना संक्रमणका कारण हालसम्म ५ जनाको मृत्यु भएको छ । भने १ सय ११ पुरुष र ३३ महिला गरि १ सय ४४ जना आइसोलेसनमा रहेका छन । बर्दियामा कोरोना संक्रमणको संख्या ६ सय ९५ पुगेका मध्ये ५ सय १८ जना संक्रमण्म मुक्त भइ घर फर्किसकेका छन । संक्रमणको दर समुदायमा बढ्दै गएपछि असोज १३ गतेदेखि लागु हुने गरी पसल १० बजे देखि ५ बजे सम्म संचालन गर्न पाउने भनि जिल्ला प्रशासन बर्दियाले निर्णय गरेको हो।
बर्दियामा कोरोना संक्रमितको संख्या ६९५ पुग्यो
बर्दिया न्युज,
१९ आश्विन २०७७, सोमबार ०६:५९ प्रकाशित