५ माघ २०८०, शुक्रबार

ताजा खबर

बालविवाहलाई निरुत्साहित गरि शिक्षामा पहुंच पुर्याउन शैक्षिक समाग्री बितरण

   २१ आश्विन २०७७, बुधबार ०९:५७ प्रकाशित

विपन्न तथा विद्यालय पहुंच हुन नसकेका वालवालिकाहरुलाई लक्षित गरि शैक्षिक सामाग्री बितरण गरिएको छ । वालविवाह न्यूनिकरण तथा रोकथाम परियोजना अन्तर्गत दलित महिला उत्थान संघ वर्दियाले मधुवन नगरपालिका गुरांस मावि, शुक्र मा.वि. र तारकेश्वरी प्रा.वि.का १६ जना वालवालिकाहरुलाइ प्रति विद्यार्थीलाई १२ थान कपी, १२ थान कलम, १ सेट स्कुल डे«स र १ स्कुल झोला बितरण गरेको हो । उमेर नपुगी चांडै विवाह गर्ने संस्कारलाई निरुत्साहित गरि विद्यालयसम्म पहुंच हुन नसकेका बालवालिकाहरुलाई विद्यालय जान र अध्यनमा निरन्तरता दिने उदेश्यले शैक्षिक सामग्री सहयोग गरिएको परियोजना संयोजक प्रेम वहादुर वि.क.ले जानकारी दिनु भयो ।
दलित महिला उत्थान संघ बर्दियाकी कोषाध्यक्ष विवा वि.क.तथा वाल विवाह न्यूनिकरण तथा रोकथाम परियोजनाका संयोजक प्रेम वहादुर वि.कको उपस्थितीमा भएको कार्यक्रममा वालवालिकाहरुलाई कोभिड १९ विषयमा सचेतना जगाउँद मास्क, सावुन र सेनिटाइजरहरु समेत वितरण गरिएका विकले बताउनु भयो । सो स्थानका १ सय जना १६ जना वालवालिकाहरुलाइ सकिएको बाँकी परियोजना संचालित स्थानहरुमा यस्ता कार्यक्रम गर्दै जाने संयोजक विकले बताउनु भयो । स्थानिय जनप्रतिनिधी, विद्यालय व्यवस्थापन समितीका अध्यक्ष, प्रधानाध्यापक, शिक्षक एवं विद्यार्थीहरुको उपस्थितीमा कार्यक्रम भएको हो । मधुवन नपा वडा नं ६ का अध्यक्ष भक्त वहादुर सुनार, गुरांस मा.वि.का प्रधानाध्यापक वाइ.वी. के.सी, वडा नं ७ का अध्यक्ष राजेन्द्र हमाल, शुक्र मा.वि.का शिक्षक चन्द्र वहादुर वुढाथोकी तारकेश्वरी प्रा.वि.का प्र.अ. दधिराम पौडेल लगायतको उपस्थिती रहेको थियो ।

70 Views
%d bloggers like this: