बर्दिया, गुलरिया नगरपालिका बजार क्षेत्रभित्र रहेको मिरर होटलमा नेपाल कम्यूनिष्ट पार्टी (नेकपा) राष्ट्रिय एकता अभियान सम्बन्धि गुलरिया नगर स्तरिय भेला सम्पन्न भयो । सो भेलामा उपस्थित भएका सहभागिहरुले राष्ट्रिय एकता अभियान सफल पार्नु पर्नेमा जोड दिएका छन् ।
उक्त भेलामा प्रमुख अतिथिको आसनबाट बोल्नुहँदै शर्मा चौधरीले संविधान विगठन प्रति चिन्ता व्यक्र्त गर्नुभयो । उहाँले यस एकता अभियानलाई सफल पार्न सवैलाई आब्हान गर्नु भयो ।
नेकपाका नेता बामदेव गौतमले संचालन गरेको नेकपा राष्ट्रिय एकता अभियानका केन्द्रिय सदस्य तथा युवा उद्यमी असोक खड्काले स्वागत गर्नुहुँदै पार्टी एकता हुनुपर्ने जोड दिँदै कुनैपनि हालतमा पार्टी एक भई एकता अभियानलाई जोगाउनु पर्ने बताउनु भयो ।
सो अभियानकी केन्द्रिय परिषद सदस्य ज्ञानुमाया रिजालले प्रधानमन्त्रि केपी ओली र माधव–दहालले छुट्टा छ्ट्टै आफना् समूह संचालन गरिरहेकोले सवैलाई एकजुट बनाउने उद्देश्यले नेकपाका नेता बामदेव गौतामले उक्त अभियान चलाउनु प्रशंसनीय कार्य भएको कुरा बर्दिया न्युजलाई बताउनु भयो ।
बर्दिया न्युज सँग कुरा गर्दै परिषद सदस्य रिजालले कम्युनिष्ट पार्टीहरु एक जुटहुनु बाहेक अरु विकल्प नभएको बताउँदै दुवै गुटले एक अर्कालाई विभिन्न किसिमका आरोप–प्रत्यारोप लगाउन छोडी यस अभियानलाई सफल पारौं भन्नु भयो । उहाँले बामादेव गौतमले ल्याएको नेपाली कम्युनिष्ट पार्टी (नेकपा) पार्टी राष्ट्रिय एकता अभियानलाई गाँउ गाँउमा पुर्याइ एकताको लागि दवाब सृर्जना गर्नुपर्ने बताउनु भयो ।
परिषद सदस्य रिजाल भन्नुहुन्छ, हामी एक जुट नभए ईतिहासले पनि धिक्कारने छ । देशका हरेक कार्यकर्ताले धिक्कारने छन् । शहिदहरुले धिक्कारने छन् तसर्थ हामी सवै पार्टीका कार्यकर्ताहरु एक जुट भई राष्ट्रिय एकता अभियानलाई सफल पार्नुपर्छ ।