५ माघ २०८०, शुक्रबार

ताजा खबर

प्रकृति–मानव केन्द्रित दुई दिने प्रशिक्षण मूलक कार्यक्रम सम्पन्न

   १२ फाल्गुन २०७७, बुधबार १०:५० प्रकाशित

प्रकृति–मानव केन्द्रित जन अभियान, नेपालको आयोजनामा प्रशिक्षण मुलक अन्तरक्रिया कार्यक्रम दाङ्गमा सम्पन्न भएको छ ।

लुम्बिनि प्रदेश, दाङ्ग जिल्लाको लमही न.पा.–७ बन घुस्रीमा रहेको स्वर्गद्वारी एकीकृत कृषि तथा पशुपालन फर्मको सभा हलमा प्रकृति–मानव केन्द्रित जन अभियान, नेपालका केन्द्रीय समितिका पदाधिकारी, प्रदेश नं ४, ५, ६ र ७ मा रहेका केन्द्रिय सदस्य, जिल्ला अध्यक्षहरु र दाङ्ग र कपिलवस्तु जिल्लाका अगुवा कृषक सहित ३७ जनाको सहभागितामा दुईदिने प्रशिक्षण मुलक अन्तरक्रिया कार्यक्रमको निवर्तमान अध्यक्ष सन्त बहादुर घिसिङ्ग, उपाध्यक्ष द्वय कृष्ण प्रसाद गौतम र बिन्दुराज सापकोटाले संयुक्त रुपमा पानसमा बत्ति बाली उद्घाटन गर्नु भएको थियो ।

उक्त कार्यक्रममा मानव समाजमा सहि र गलत कसरी छुट्टयाउने ? बिषयमा बिन्दुराज सापकोटा, मानव समाजमा विकास र परिवर्तन वारे के.वि.पुन, जलवायु संकट – ग्लोवल वार्मिङ्ग (वैश्विक वाष्पीकरण), जनसंख्या वृद्धि, वातावरणीय गिरावट, जलवायु परिवर्तन र हावा, पानी, जमिन, ध्वनी, तथा खाद्यान्न, र तरकारी प्रदुषण सम्बन्धि बिषमा उत्तम कडेल, प्रकृति संग जन स्वास्थ्यलाई एकाकार गर्ने सवाल सम्बन्धमा डा. माया गिरी, कर्पोरेट पूँजीवाद, कम्युनिष्ट साम्यवाद र प्रकृति–मानव केन्द्रित विकास मोडलको विचको अन्तर बिषयमा लक्ष्मण पुरी, वर्तमान कृषि संकटः प्रकृति–मानव केन्द्रित जन अभियानको दृष्टिकोण रासायनिक खेति, हाइब्रिड र जी.एम.ओ प्रविधिः विकल्प प्राकृतिक÷प्रांगारिक वा जैविक खेति बिन्दु राज सापकोटा, प्रकृति–मानव केन्द्रित जन अभियानको मुलभूत सिद्धान्त, संगठनात्मक संरचना, विधान र प्रभावकारी संचालन अभ्यास आदि बिषयमा शिवराज आचार्य र अभियानको भावी योजना बिषयमा घनश्याम सुवेदीले सहजीकरण गर्नु भएको कुरा कार्यक्रममा सहभागि अभियानका केन्द्रिय सदस्य विष्णु तिमिल्सिनाले जानकारी गराउनु भयो ।

188 Views
%d bloggers like this: