प्लान इन्टरनेशनल नेपाल क्षेत्रिय कार्यालय सुर्खेत, सामाजिक सचेतन सरोकार मंच स्याक नेपाल बाँकेको साझेदारी तथा बर्दिया जिल्लाको ठाकुरबाबा नगरपालिका, बारबर्दिया नगरपालिका र गेरुवा गाउँपालिकाको समन्वयमा सिकाइ परियोजना संचालन भएका सामुदायिक बिद्यालयमा सरोकारवालाहरुले अनुगमन गरेका छन् ।
ठाकुरवावा नगरपालिकाको वडा नं २ मा रहेको श्री त्रानोदय, प्राथामिक बिद्यालय वडा नं ९ काबेश्वर आधारभुत बिद्यालय बारबर्दिया नगरपालिकाको वडा नं ६ मा रहेको नवज्योती आधारभुत बिद्यालय वडा नं ३ मा रहेको श्री नेपाल राष्ट्रिय माध्यामिक बिद्यालय, गेरुवा गाउँपालिकाको वडा नं ५ मा रहेका सरस्वती आधारभुत बिद्यालय, कृष्ण दुर्गा आधारभुत बिद्यालयमा अनुगमन गरिएको हो ।
अनुगमनका क्रममा परियोजना संचालन हुनु पुर्वको अवस्था र परियोजना संचालन भएपछि देखिएका सकारात्मक पक्षका बारेमा समेत बिद्यालय ब्यवस्थापन समिति तथा शिक्षक सँग अन्तरकृया गरिएको थियो ।
बालबालिकाहरुको सुरक्षित बसाइका लागि भौतिक पुर्वाधार, कक्षाकोठाको ब्यबस्थापन, लैगिंक समानतालाई प्रोत्साहन गर्ने शिक्षकको व्यवहार र बालकेन्द्रित शैक्षिक वातावरण र विद्यालयमा विद्यार्थीहरुको उपस्थिति र टिकाउको अवस्थाबारे जानकारी तथा अवलोकन गरिएको थियो ।
आजका बालबालिका भोलीका देशका कर्णधार र बिकाशको पहिलो खुड्कीलो भनेको शिक्षा नै भएकाले प्लान इन्टरनेशनल नेपाल र स्याक नेपाल बाँकेको साझेदारी तथा बर्दिया र बाँके जिल्लाका बिभिन्न स्थानिय तहमा संचालन गरिएको सिकाइ परियोजना लाई उपलब्धि मुलक बनाउनका लागी पालिकाहरु सँगको समन्वय र सहकार्य गरी संस्थाले काम गरिरहेको परियोजना अधिकृत लक्ष्मी प्रसाद शर्माले जानकारी दिए ।
अनुगमनमा ठाकुरबाबा नगरपालिकाको नगर प्रमुख घननारायण श्रेष्ठ, प्रमुख प्रशासकिय अधिकृत रामहरी रिजाल, शिक्षा शाखा अधिकृत सिता कुमारी भण्डारी बारबर्दिया नगरपालिका नगरप्रमुख दुर्गा बहादुर थारु (कबिर) नगर प्रबक्ता दुर्गा बहादुर बिश्वकर्मा, शिक्षा शाखा प्रमुख टेक प्रसाद पाण्डे र गेरुवा गाउपालिका उपाध्यक्ष हिमकुमारी थारु शिक्षा शाखा प्रमुख नमराज अधिकारी वडा अध्यक्ष धर्म प्रकाश चौधरीको लगायत स्याक नेपालका कार्यक्रम सँग सम्बन्धित कर्मचारीहरुको सहभागीता रहेको थियो ।