नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर ३ स्थित एउटै घरका तीन जना दाजु भाइको कोरोना संक्रमणका कारण मृत्यु भएको छ। एकै घरका तीन दाजु भाइको कोरोना संक्रमणका कारण मृत्यु भएपछि वडा नम्बर ३ स्थित सोनार मण्डी यतिबेला शोकमा डुबेको छ।
नेपालगन्ज वडा नम्बर ३ का वडाध्यक्ष मोहम्मद अयुव सिद्धिकीका अनुसार एकैघरका तीन दाजुभाइको मृत्यु तीन दिनको फरकमा भएको हो। भेरी अस्पतालमा पिसिआर परीक्षण गराउँदा मृतकहरुलाई कोरोना पुष्टी भएको अस्पताल स्रोतले जनाएको हो।
100 Views