५ माघ २०८०, शुक्रबार

ताजा खबर

कोभिड संक्रमितका लागि निशुल्क एम्बुलेन्स सेवा प्रदान गर्ने ।

   २४ बैशाख २०७८, शुक्रबार २२:४८ प्रकाशित

मधुबन नगरपालिका र गेरुवा गाउँपालिकाले कोरोना पोजिटिभ भएकाहरुलाई थप उपचारका लागि निशुल्क एम्बुलेन्स सेवा उपलब्ध गराउने भएको छ। कोरोना संक्रमितहरुका लागि थप उपचारका लागी आवश्यक परेमा एम्वुलेन्स सेवा निशुल्क उपलब्ध गराउने भएको हो।

मधुबन नगरपालिकाका नगरप्रमुख गणेश के.सी.का अनुसार बिश्वभरी फैलिरहेको कोरोना भाइरस कोभिड-१९ को नियन्त्रण गर्ने उद्देश्य तथा नगरका जनता माथी आउन सक्ने बिपत्तिलाई मध्यनजर गर्दै एम्बुलेन्स सेवा निशुल्क प्रदान गर्ने बताउनुभयो।  

त्यसैगरी गेरुवा गाउँपालिकाका अध्यक्ष जमान सिंह के.सी.को संयोजकत्वमा बसेको बैठकले कोभिडको महामारी रोकथाम,नियन्त्रण तथा ब्यवस्थापनमा सहजीकरण गर्न एम्बुलेन्स सेवा उपयोगी हुने गाउँपालिका अध्यक्ष जमान सिंह केसीले बताउनुभयो।

मधुबन नगरपालिका तथा गेरुवा गाउँपालिकामा कोभिड संक्रमितको संख्यामा वृद्धि भएका कारण आउन सक्ने महामारी रोक्न एम्बुलेन्स सेवा लाभदायक हुने स्थानीयहरुको भनाइ छ।

107 Views
%d bloggers like this: